लाेकतन्त्रमा फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन :अध्यक्ष प्रचण्ड
गणतन्त्र नेपाल डटकम

काठमाडौँ – मकवानपुरको हेटौँडामा हिजो नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन केन्द्रीय समितिका सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।

पूर्वप्रधानमन्त्रीको फोटो जलाउने कार्य गलत र आपराधिक क्रियाकलाप भएकाले पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ । हेटौँडामा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन मकवानपुरको अधिवेशनको उद्घाटन कार्यक्रममा हिजो सङ्घीय सांसद दीपकबहादुर सिंहको उपस्थिति रहेको कार्यक्रममा बमले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएका थिए ।

बमलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले विज्ञप्ति निकालेर सरकारले नागरिकको वैयक्तिक स्वतन्त्रतालाई अवरोध गरेको आरोप लगाएको छ ।

यसैबीच माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा पक्राउ पर्नु उचित नहुने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसकबुका लेख्नुभएको छ, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।

गढवा गाउँपालिकामा अर्धवार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २९ फागुन। गढवा गाउँपालिका स्वास्थ्य शाखाले बिहिवार अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

स्वास्थ्य शाखाले गढवा गाउँपालिकाका आठ वटै वडाका स्वास्थ्य चौकी तथा अन्य स्वास्थ्य संस्थाको अर्धवार्षिक समिक्षा गरेको हो।

गढवा गाउँपालिका भरका स्वास्थ्य संस्थाले गरेको प्रगतिमाथि छलफल गर्न सो समीक्षा कार्यक्रम गरिएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो।

गाउँपालिकाको स्वास्थ्य शाखाले साउन महिनायता गरेका कामबारे समीक्षा तथा गढवा, गंगाप्रसपुर, गोबरडिहा र कोईलाबास स्वास्थ्य चौकी साथै अन्य स्वास्थ्य संस्थाबाट भए गरेका कामहरुको गरेका गतिविधिको समीक्षा गरिएको थियो।

आठ वटै वडाका स्वास्थ्य संस्थाका प्रमुखहरूको संयुक रिपोर्ट स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रस्तुुत भएको प्रगतिमाथि गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले र अन्य सहभागीहरूले जिज्ञासा राख्नु भएको थियो।

कार्यक्रममा स्वास्थ्य संस्थाहरूले गर्ने नियमित गतिविधिदेखि रिपोर्टिङबारे समेत जानकारी गरिएको थियो। त्यसैगरी स्वास्थ्य संस्थाले सम्पादन गरेका सवल पक्ष, भोगिएका समस्या र समाधानका लागि गरिएको प्रयासको बारेमा समेत छलफल गरिएको थियो।

कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले समीक्षा कार्यक्रमले गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई सुधारका लागि सहज बनाउने बताउनु भएको थियो । गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित र सेवामुखी बनाउन गाउँपालिका निरन्तर अघि बढेको र स्वास्थ्यकर्मीहरु निरन्तर सेवामा तल्लीन रहेर काम गरेको र अझ सशक्त रुपमा स्वास्थ्य सेवा दिन सुझाव समेत दिनु भयो। स्वास्थ्य क्षेत्र सवल बनाउन समीक्षा कार्यक्रम आवश्यक रहेको बताउँदै पालिका अध्यक्ष पोख्रेलले गाउँपालिकाका सबै स्वास्थ्य संस्थाले प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनु भयो।

समिक्षा कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले गर्नु भएको थियो।

गढवाको जनता मावि कालाकाटेका विद्यार्थीलाई कानुनसम्बन्धी सचेतना 
आलोक भावुक

गढवा,२८ फागुन । जनता माध्यमिक विद्यालय कालाकाटेका विद्यार्थीलाई एक दिने कानुन सम्बन्धी सचेतना तथा मस्यौदा लेखन सम्बन्धी प्रशिक्षण दिइएको छ।

गढवा गाउँपालिकाको आयोजनामा जनता माध्यमिक विद्यालय गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई कानुनसँग सम्बन्धित विषयवस्तुको बारेमा प्रशिक्षण दिइएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर महतराको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रलको प्रमुख अतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कानुन सम्बन्धी सचेतना तथा मस्यौदा लेखन सम्बन्धी प्रशिक्षण कार्यक्रममा अधिवक्ता यादवप्रसाद खनालले प्रशिक्षण दिनुभएको थियो।

अधिवक्ता खनालले विद्यार्थीहरूलाई कानुनसम्बन्धी विविध विषयमा जानकारी गराउनुका साथै मस्यौदा लेखनको बारेमा समेत जानकारी दिनुभएको थियो। बालविवाह, बाल अधिकार लैङ्गिक हिंसा, न्यायिक समिति, न्यायिक समितिका हक अधिकार र कर्तव्य , न्यायिक समितिले हेर्न पाउने विषयवस्तुको बारेमा जानकारी, कानुन भनेको के हो कानुनको अवधारणा अर्थ परिभाषा विशेषता र आवश्यकता लगायतको विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएको थियो।

विद्यार्थीसँग न्यायिक सचेतना कार्यक्रममा आफ्नो तर्फबाट महत्वपूर्ण विचार राख्दै एक नम्बर वडाध्यक्ष बाबुराम अधिकारीले अबको मिसन विद्यार्थीहरूको पाइलट डक्टर नभएर वकिल पढ्नुपर्ने बताउनुभयो। त्यसपछि शिक्षक बन्नेतर्फ पनि राम्रो सम्भावना भएकाले शिक्षक बन्न विद्यार्थीहरूलाई सुझाव समेत वडाध्यक्षले दिनुभयो। विद्यालयहरूले शिक्षकको आवश्यकता सम्बन्धी सूचना वर्षभरि भइरहने हुनाले शिक्षकमा राम्रो सम्भावना र जागिर सुनिश्चित हुने र सम्मानित पेसा भएको वडाध्यक्षले बताउनुभयो।

कानुन कानुनी सचेतना तथा मस्यौदा लेखन कार्यक्रममा कार्यक्रमको विषयवस्तुको बारेमा गढवा गाउँपालिका न्यायिक समितिका उजुरी प्रशासक सुरेश पौडेलले प्रकाश पार्नुभएको थियो।

कानुनी सचेतना तथा मस्यौदा लेखन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि यम नारायण शर्मा पोखरेलले कानुनको जानकारी हुँदाहुँदै पनि कानुन विपरीत कार्य नगर्न विद्यार्थीहरूलाई अनुरोध गर्नुभएको थियो। २० वर्ष नपुग्दै बिहे नगर्ने कानुनी प्रावधान भएतापनि समाजमा अहिले पनि बालविवाह जस्ता कार्यहरु हुने गरेको र त्यो बालविवाहको प्रथालाई अन्त्य गर्न बालबालिकाहरु सक्रिय रुपमा लाग्नुपर्ने अध्यक्ष पोखरेलले बताउनुभयो। एकदिने कानुनी सचेतना तथा मस्यौदा लेखन तालिममा सिकेका कुराहरू आफ्नो छरछिमेक परिवार साथीभाइलाई त्यसको बारेमा जानकारी दिन पालिका अध्यक्षले विद्यार्थी भाइबहिनीहरूलाई अनुरोध समेत गर्नुभएको थियो। पढ्नुको मतलब बुझ्नु भएको बताउँदै अध्यक्ष पोखरेलले एकदिनै प्रशिक्षण कार्यक्रममा आफूहरुले सिकेका कुरा आफ्नो वास्तविक जीवनमा लागु गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै जनता माध्यमिक विद्यालय कालाकाटेका प्रधानाध्यापक बासुदेव बेलबासेले विद्यार्थीहरूका लागि पालिकाले कानुनी सचेतना तथा मस्यौदा लेखन कार्यक्रम गर्दा विद्यार्थीहरूको कानुनसँग सम्बन्धित विषयवस्तुमा अझ स्पष्ट भई समाजका लागि सही दिशा निर्देश हुने बताउनुभयो। किताबी ज्ञान सँगै कानुनका विषयवस्तुको बारेमा सामान्य जानकारी बिना जीवन अगाडि बढाउन सहज नहुने प्रधान अध्यापक बेलबासेको भनाइ थियो।

जनता माध्यम विद्यालय कालाकाटेका प्रधान अध्यापक बासुदेव बेलबासीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नुभएको थियो।

लाेकतन्त्रमा फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन :अध्यक्ष प्रचण्ड
गणतन्त्र नेपाल डटकम

काठमाडौँ – मकवानपुरको हेटौँडामा हिजो नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन केन्द्रीय समितिका सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भरतपुर विमानस्थलबाट पक्राउ…

निमित्तको भरमा स्थानीय तह
गणतन्त्रनेपाल

काठमाडौँ, चैत २ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा महिनौँदेखि शिक्षा सेवातर्फका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको काम गर्दै आएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पूर्ण रूपमा कामबारे जानकारी नहुँदा विकास निर्माण, सेवा प्रवाह, समन्वय र सहजीकरणमा समस्या पर्दै आएको छ ।…

राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसकाे अवसरमा (सिपी) नेपालद्धारा उत्कृष्ट चार जनालाई सम्मान
गणतन्त्र नेपाल डटकम

गढवा,१ चैत्र। राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसकाे अवसरमा क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले उत्कृष्ट कृषक, उद्यमी, शिक्षक र विद्यार्थी गरी चार जनालाई सम्मान गरेको छ। राप्ती गाउँपालिका सँगकाे सहकार्यमा “सहकार्य र उत्कृष्टता: कृषि, शिक्षा र उद्यमशीलतामा सम्मान कार्यक्रम” अन्तर्गत वडा…

आज कुकुर र लक्ष्मी पूजा गरिंदै
गणतन्त्रनेपाल समाचारदाता,२६ कात्तिक, काठमाडौं ।
file photo
आज मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी
गणतन्त्रनेपाल समाचारदाता, १६ चैत, काठमाडौं ।

भिडियो

खेलकुद

गढवा गाउँपालिकाको नवौँ स्थापना दिवश, विशेष समारोह भव्यरुपमा सम्पन्न
आलोक भावुक

गढवा, २८ फागुन ।  दाङ देउखुरिको गढवा गाउँपालिकाको नवौं स्थापना दिवसको अवसरमा विशेष समारोहको साथ मंगलवार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभामुख तुल राम घर्ति मगर वको प्रमुख आतिथ्य तथा…

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भयो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता
गणतन्त्रनेपाल समाचारदाता

दाङ- प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ गर्नु भएको थियो भने क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ…

गढवामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा खेलकुद प्रतियोगिता सम्पन्न
आलोक भावुक

ग‌ढवा, २४ फागुन । गढवा गाउँपालिकामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। गढवा गाउँपालिकाको अध्यक्ष यम नारायण पोख्रेलको सभाध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा तथा गढवा गाउँपालिका…

गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता सुरु
आलोक भावुक

ग‌ढवा, २४ फागुन । गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा पालिकास्तरीय खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाको अध्यक्ष यम नारायण पोख्रेलको सभाध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा तथा गढवा गाउँपालिका…