दुर्गा आवि मनिकापुर गरिब तथा जेहेन्दार विद्यार्थीलाई मुक्त कमलरी विकास मञ्चद्वारा शैक्षिक सामग्री सहयोग

आलोक भावुक

गढवा, ३० जेठ। मुक्त कमलरी विकास मञ्च दाङले गढवा गाउँपालिका–६ मनिकापुरस्थित दुर्गा आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

शैक्षिक पहुँच अभिवृद्धि तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका ६० जना विद्यार्थीलाई कापी, कलम, विद्यालय पोशाक (ड्रेस) तथा झोला वितरण गरिएको हो।

सहयोग सामग्री वितरण कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरले यस्ता सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह बढाउनुका साथै विद्यालयमा नियमित उपस्थित हुन प्रेरणा मिल्ने बताउनुभयो। उहाँले सामाजिक संस्थाहरूले शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक स्वामी यादवले आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थीहरूका लागि प्राप्त सहयोग निकै महत्वपूर्ण रहेको बताउँदै मुक्त कमलरी विकास मञ्च दाङप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा मुक्त कमलरी विकास मञ्च बाल विवाह न्युनिकरण कार्यक्रम संयोजक ज्ञानु थापा, अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता सहयोगमूलक कार्यक्रमले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।

सोही कार्यक्रममा बाल विवाह तथा दुर्व्यसन न्युनिकरण सम्बन्धी नाटक प्रदर्शन गरिएको थियो। मुक्त कमलरी विकास मञ्च दाङको आर्थिक सहयोग तथा दुर्गा बाल क्लब गढवा -६ मुनिकापुरको आयोजना तथा दुर्गा आधारभूत विद्यालय मनिकापुरको समन्वयमा सम्पन्न भएको हो।

मुक्त कमलरी विकास मञ्च दाङले शिक्षा, बालअधिकार, महिला सशक्तीकरण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

 

 

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID