दिदीबहिनी महिला उद्यमी समूहलाई आधारशिला तालिम

आलोक भावुक

गढवा, ८ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिका–६ परिचोकस्थित दिदीबहिनी महिला उद्यमी समूहका सदस्यहरूका लागि सञ्चालन गरिएको तीन दिने आधारशिला तालिम बिहिबार सम्पन्न भएको छ।

उद्यमी महिलाहरूको क्षमता अभिवृद्धि तथा आत्मनिर्भरता विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा समूहका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। तालिम समापन कार्यक्रममा उद्यमी समूहकी अध्यक्ष खुमा अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका–६ का वडाध्यक्षको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि दिनमणी आचार्यले महिलाहरू आर्थिक तथा सामाजिक रूपमा सबल बन्न उद्यमशीलता अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर आयआर्जन तथा स्वरोजगार सिर्जनामा लाग्न सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो।

आचार्यले महिला समूहहरूलाई संगठित रूपमा अघि बढेमा स्थानीय स्तरमै राम्रो उद्यम सञ्चालन गर्न सकिने उल्लेख गर्दै गाउँपालिकाले महिला उद्यमशीलता प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तालिममा सहभागी महिलाहरूले व्यवसाय सञ्चालन, समूह व्यवस्थापन, बचत तथा आत्मनिर्भरता सम्बन्धी विभिन्न विषयमा जानकारी प्राप्त गरेका थिए। आयोजकका अनुसार तालिमले महिलाहरूलाई उद्यम व्यवसायतर्फ प्रेरित गर्ने विश्वास लिइएको छ।

तालिमको प्रशिक्षकमा सामुदायिक सहजकर्ता आशा श्रेष्ठले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID