गढवा घर भएकी गोर्खा बोर्डिङ घोराहीकी छात्रा बाथरुममा झुण्डिएको अबस्थामा फेला

प्रहरीले अनुसन्धान गर्दै 

गणतन्त्रनेपाल समाचारदाता

दाङ, ५ असार । घोराहीको गोर्खा बोर्डिङमा अध्ययनरत एक जना छात्रा झुण्डिएको अबस्थामा फेला परेकि छिन ।

गढवा घर भई हाल बोर्डिङमा अध्ययनरत ती छात्राको होस्टेलको बाथरुममा झुण्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बिरबहादुर वलिले जानकारी दिनुभयो ।

घटनास्थलबाट सुसाईड नोट पनि फेला परेको प्रहरी प्रमुख वलिले जानकारी दिनु भयो ।ती छात्राले आत्महत्या गरेको हो वा होइन भन्ने बारे घटना अनुसन्धानपछि मात्रै भन्न सकिने उहाँको भनाई छ । छात्रवृत्तिमा अध्ययनरत बिद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित