दाङमा दलित भएको भन्दै घरबाट निकाल्ने घरवेटी पक्राउ

गणतन्त्रनेपाल समाचारदाता

दाङ,१६ असार । दाङमा एक घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ति घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका वडा नं. १७ दाङका ताराप्रसाद पोखरेललाई शनिबार पक्राउ गरि अनुसन्धान थालिएको छ ।

पोखरेलको घरमा बसिरहेका पञ्चल देवल न.पा.७ पुल्तोला अछाम हाल घोराही १७ मा बस्दै आएका महेन्द्र बिक र अदानचूली गा.पा.३ हुम्लाका अंगराज नेपालीलाई घर निकाला गरेको प्रहरीले बताएको छ । ‘तिमीहरू कामी रहेछौं ,घर बनाए देखि दलितलाई छिर्न दिएको छैन। तिमिहरु घरमा आएदेखि म बिरामी छु, भन्दै घरबाट निकालिदिनुभयो’ पीडित महेन्द्र विककि श्रीमती शान्ति बिकले भनिन् ।

सोही घरमा परियारसंग तीन जना एउटा कोठामा बस्थे, भने महेन्द्रको परिवार अर्को कोठामा बस्थे ।

शुक्रबार साँझ नै घरबेटीले त्यस्तो ब्यबहार गरेको प्रहरीले बताएको छ । प्रहरीले जातीय छुवाछूत अन्तरगत मुद्दा दर्ता गरि कार्वाही गर्ने तयारी गरेको छ । घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार संघ दाङलगायत बिभिन्न संघसंस्थाले विज्ञप्ति जारी गरि विरोध जनाएका छन् । साथै दोषीमाथि कारवाहीको माग गरेका छन् ।

 

मा प्रकाशित