आधारशिला तालिमपछि चौतारी उद्यमी महिला समूहद्वारा टोल तथा नाली सरसफाइ

आलोक भावुक

गढवा, २४ जेठ। गढवा गाउँपालिका वडा नम्बर ७ लक्षिनपुरमा रहेको चौतारी उद्यमी महिला समूहले तीन दिने आधारशिला तालिम सम्पन्न गरेपछि टोल तथा नाली सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ।

समूहकी उपाध्यक्ष गौरी बुढाथोकी तथा जनप्रतिनिधि रेखाकुमारी थापाको अगुवाइमा सञ्चालन गरिएको सरसफाइ कार्यक्रममा स्थानीय महिलाहरू तथा समुदायका अन्य सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा टोल आसपासका झाडी सफा गर्नुका साथै नालीहरूको सरसफाइ गरी वातावरण स्वच्छ र सफा बनाउने काम गरिएको थियो।

सरसफाइ कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक श्रमदानमार्फत टोलको सौन्दर्य वृद्धि गर्नुका साथै सरसफाइप्रति स्थानीयवासीलाई सचेत बनाउने प्रयास गरेका थिए।

वडा नम्बर ७ की सामुदायिक सहजकर्ता जया विश्वकर्माका अनुसार भिटा परियोजनाअन्तर्गत गठन भएको चौतारी उद्यमी महिला समूहले विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिहरूमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। उहाँले समूहले महिला सशक्तीकरणसँगै समुदायको विकास, सरसफाइ, जनचेतना तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई नियमित रूपमा अघि बढाउँदै आएको बताउनुभयो।

स्थानीयवासीहरूले पनि यस्ता गतिविधिले समुदायमा एकता, सहयोग र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्। समूहले आगामी दिनहरूमा पनि सामाजिक तथा सामुदायिक हितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID