मावि चैनपुरमा विद्यालय तहमा व्यक्तिगत घटनादर्ता सम्बन्धी अभिमुखीकरण

आलोक भावुक

गढवा, २६ जेठ । गढवा गाउँपालिकाको आयोजनामा विद्यालय तहमा व्यक्तिगत घटनादर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार गढवा गाउँपालिका वडा नं. ५ स्थित माध्यमिक विद्यालय चैनपुरमा सम्पन्न भएको छ।

कार्यक्रममा विद्यार्थीहरूलाई जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्ध विच्छेदलगायत व्यक्तिगत घटनादर्ताको महत्व, प्रक्रिया र कानुनी व्यवस्थाबारे जानकारी गराइएको थियो। अभिमुखीकरण कार्यक्रममा वडा नं. ५ का सचिव राम नरेश यादवले प्रशिक्षकको भूमिका निर्वाह गर्दै व्यक्तिगत घटनादर्ता सम्बन्धी विविध विषयमा प्रशिक्षण दिनुभएको थियो।

उहाँले व्यक्तिगत घटनादर्ता नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय भएकाले प्रत्येक नागरिकले समयमै घटनादर्ता गराउनुपर्नेमा जोड दिनुभयो। साथै विद्यालय तहबाटै विद्यार्थीहरूलाई घटनादर्ताको महत्वबारे जानकारी गराउँदा समुदायमा समेत सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले अभिमुखीकरण कार्यक्रमबाट व्यक्तिगत घटनादर्ताको आवश्यकता, महत्व र प्रक्रिया सम्बन्धी उपयोगी जानकारी प्राप्त भएको बताएका थिए।

गढवा गाउँपालिकाले नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न विद्यालयहरूमा यस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID