भिडियो ग्यालरी

भालुवाङ, ७ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा जारी छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा सञ्चालन भइरहेको राप्ती डान्स आइडल २०८० फाइनलमा प्रवेश गरेको छ ।

गत पुस २७ गते देखि सुरु भएको आइडल शनिवार देखि सेमिफाइनल पार गरि आइतबार देखि फाइनल अडिसन सुरु हुन लागेको आइडल संयोजक तथा प्रमुख निर्णयक दिपक बर्माले जानकारी दिएका छन् । १५ जनाबाट सुरु गरिएको अडिसनमा ११ जनालाई पछि ४ जना फाइनल राउण्डमा प्रवेश गरेका छन् । फाइनल राउण्डका लागि कोड नं. ००२ रहेकी स्मृति थापा, कोड नं. ००३ रहेकी अस्मिता ग्रुप, कोड नं. ००५ रहेकी अर्चना नेपाली र कोड नं. ०१० रहेकी अर्निमा तमाङले प्रतिस्पद्धा गर्ने छन् ।

उनीहरुको मुल्याङकन निर्णायक र भोटिङबा हुने आइडल संयोजक तथा प्रमुख निर्णयक बर्माले बताएका छन् । फाइनल आइडलको प्रमुख निर्णयकमा गायिका तथा मोडेल प्रभा राई रहने छिन् भने अन्य निर्णयकमा आइडल संयोजक दिपक बर्मा र सहसंयोजक सुरेश पन्थी रहने छन् । माघ ८ गते अडिसनको फाइनल हुने छ । आइडलमा प्रथम हुनेलाई नगद २० हजार र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद १० हजार र प्रमाणपत्र तथा तेस्रो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र पुरस्कार रहेको बताइएको छ ।

लालमटिया महोत्सवमा सञ्चालित राप्ती डान्स आइडल फाइनलमा प्रवेश, ४ जना छनौट

‘ओलीकै कारण राष्ट्र खतरामा’ : देव गुरुङको सनसनीपूर्ण खुलासा (भिडियाेसहित)

म निर्धाकाे गाथा : अनु शर्मा

आफ्नो सीपले परिवार धान्ने परिश्रमी महिलाको मन छुने कहानी

भव्य र शानदार क्रान्तिकारी गीतमा बेजोड नृत्य

जनार्दन शर्माले मयूर नाच नाच्दा प्रचण्ड बने दर्शक

छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दावी