पालिकाको सबै सेवा सहित गढवामा एकिकृत घुम्ती शिविर सुरु

आलोक भावुक

गढवा,२० जेठ। दाङ देउखुरीको गढवा गाउँपालिकाले गढवा गाउँपालिकाबाट प्रदान गरिने सम्पुर्ण सेवा सहितको एकिकृत घुम्ती शिविर कार्यक्रम बुधबार देखि सुरु गरेको छ।

नागरिक लाई घरदैलोमै सेवा सहज सरल र प्रभावकारी सेवा दिन गढवा गाउँपालिकाले पालिका भन्दा टाढा रहेका वडा नं. १,२ र ८ मा एकिकृत घुम्ती शिविर सुरु गरेको छ।
वुधवार गढवा गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय मलमलामा एकिकृत घुम्ती शिविर कार्यक्रम सम्पन्न भएको छ।

महत्वपूर्ण शाखाका प्रमुख/अधिकृत सहितको सेवा दिन गाउँपालिकाले वडा नम्बर १ मा घुम्ती शिविर सञ्चालन गरेको हो।

घुम्ती शिविरमा पञ्जीकरण तथा सामाजिक सुरक्षा सम्बन्धी सेवा, स्वास्थ्य सम्बन्धी सेवा ,कृषि तथा पशु सम्बन्धी सेवा, योजना शाखा सम्बन्धी सेवा, जेष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र सम्बन्धी सेवा लगायतका अन्य सेवा दिईएको गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले जानकारी दिनुभयो।

योजना शाखा संग सम्बन्धित सेवा, जेष्ठ नागरिकको र अपाङ्गता भएका ब्यक्तिहरुको परिचयपत्र वितरण, कृषि शाखाबाट माटो परिक्षण, स्वास्थ्य शाखा बाट स्वास्थ्य चेकजाँच, पशुपंक्षी तथा मत्स्य विकास शाखाबाट घर पालुवा जनावरहरुको लागि औषधी लगायतका सम्पूर्ण सेवा दिन गाउँपालिकाले पालिका भन्दा टाढा रहेका वडा /नागरिक लाई सेवा पहुँचमा सहजताका लागि एकिकृत घुम्ती शिविर सञ्चालन गरेको गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले जानकारी दिनुभयो।

वडा नं.१ मा सम्पन्न एकिकृत घुम्ती शिविर कार्यक्रमा स्वास्थ्य शाखा अन्तगत ६६ जनाको स्वास्थ्य चेकजाँच गराएको छ। जस्मा ,७ जनामा पिसाव र सुगर बिरामी भेटिएका छन् । उहाँहरू लाई स्वास्थ्य संस्थामा विस्तृत चेकजाँचका लागि बोलाइएको छ। एकिकृत घुम्ती शिविरमा आएका सहभागीहरूको ब्लड प्रेसर, सुगर र पिसाब चेकजाँच गरिएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले जानकारी दिनुभयो। ६६ जनाको व्लड प्रेसर ,सुगर, र पिसाव चेकजाँच गरिएको थियो। जस्मा ब्लड प्रेसर ३ जना, सुगर ४, पिसाबमा एल्बोमिनको मात्र बढी देखिएको ५ जना (मृगौलामा समस्याको सम्भावना देखिएको छ, प्रमुख चौधरीले जानकारी दिनुभयो।
त्यसैगरी कृषि विकास शाखा अन्तर्गत ६ जना कृषि सेवा लिएका छन् । भने पशुपंक्षी तथा मत्स्य विकास शाखा बाट ३४ जना सेवाग्राहीहरुले सेवा लिएका छन् । जसमा बाख्राको २२६ औषधी वितरण, गाई ८, भैसी ३६,बंगुर १७,कुखुरा १३९,भेडा १० र कुकुर ३ वटा औषधि वितरण गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत अनन्तराज रेग्मीले जानकारी दिनुभयो।

त्यसैगरी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुको चेकजाँच -३ जना, परिचयपत्र बितरण २, प्रतिलिपिको लागि एक जना लाई सहजीकरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले जानकारी दिनुभयो।
गढवा गाउँपालिकाले जेठ २० गते वडा नं.१ मलमलामा एकिकृत घुम्ती शिविर सम्पन्न गरेको छ भने जेठ २१ गते वडा नं.२ र जेठ २२ गते वडा नं.८ कोइलाबासमा एकिकृत घुम्ती शिविर सञ्चालन गरिने कार्यक्रम तय भएको गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख भरत केसीले जानकारी दिनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID