गढवा–२ मा डेंगी तथा जापानीज इन्सेफलाइटिस नियन्त्रण सम्बन्धी अभिमुखीकरण सम्पन्न

आलोक भावुक

गढवा, १२ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर २ मा डेंगी तथा जापानीज इन्सेफलाइटिस जस्ता कीटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने सम्बन्धी सामुदायिक परिचालन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम भक्तु चौधरी को अध्यक्षतामा सम्पन्न भएको हो। गढवा गाउँपालिका स्वास्थ्य शाखा को आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा बोल्दै वडाध्यक्ष भक्तु चौधरी ले डेंगी तथा जापानीज इन्सेफलाइटिस जस्ता रोगबाट बच्न समुदायस्तरबाटै सचेतना आवश्यक रहेको बताउनुभयो। उहाँले घर वरपर पानी जम्न नदिने, लामखुट्टेको बासस्थान नष्ट गर्ने तथा सरसफाइमा विशेष ध्यान दिन सके यस्ता रोग नियन्त्रण गर्न सकिने उल्लेख गर्नुभयो। साथै उहाँले स्वास्थ्य सम्बन्धी अभियानलाई प्रभावकारी बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा वडा नम्बर २ का जनप्रतिनिधि, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण गढवा २ स्थित महदेवा आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख राम राज पौडेलले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID