बालकल्याण आवि गढवाको सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना र्‍याली

आलोक भावुक

गढवा, १ फागुन। गढवा गाउँपालिका वडा नम्बर ६ बालाखुटीमा स्थित श्री बालकल्याण आधारभूत विद्यालय बालाखुटीले मंगलवार सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना र्‍याली २०८० सम्पन्न गरेको छ।

विद्यालयहरु नजिक बढ्दो, सुर्तीजन्य बस्तु तथा मादक पदार्थको विक्रिवितरणलाई बन्द गर्ने उद्देश्यले बालकल्याण आधारभूत विद्यालय बालाखुटीले सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना र्‍याली निकालेको विद्यालयका प्रधानाध्यापक तारा प्रसाद ढुङगानाले जानकारी दिनुभयो ।

सचेतना र्‍याली पछी कार्यक्रममा परिणत भएको र्‍यालिमा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरले विद्यालयको आसपासका क्षेत्रमा सुर्तीजन्य तथा मादक पदार्थ सेवन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाउनुपर्ने र आफु त्यस बारे ठोक कार्यक्रम तय गर्ने गरेको बताउनु भयो ।सा साना बालबालिकालाई सुनाई भन्दा देखाईको ज्ञान धेरै असर पार्ने भन्दै विद्यालय क्षेत्रको आसपासका क्षेत्रमा जुवातास, जाँडरक्सी र सुर्तीजन्य बस्तु प्रयोग गर्नाले मनोबिज्ञानमा ठुलो प्रभाव पर्ने भएकोले अनिवार्य रुपमा रोक लगाउनु पर्ने बताउनुभयो।


त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट आतिथी तथा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले बालबालिका देशको कर्णधार भएको भन्दै समयमा सहि दिशामा लाग्न उत्प्रेरित गर्नु पर्ने बताउनुभयो ।विद्यार्थीहरुलाई राम्रो बनाउन नसके भोलीको दिन अन्धकार हुने बताए। समाजमा भैरहेको कुरीति, कु संस्कार लाई हटाउनु पर्ने बताउनुभयो।

विद्यालयले सुरु गरेको सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना र्‍यालीमा विद्यालय आसपासका क्षेत्रमा भैरहेको गतल क्रियाकलाप अन्त्य गर्नु पर्ने, जाँडरक्सी, भोला सुर्ती खैनी बेचबिखन तथा प्रयोग गर्न नहुने, सुर्तीजन्य बस्तु तथा मादक पदार्थ जस्ता बस्तु कम उमेरका बच्चा हरुलाई विक्रिवितरण नगरिदिनुस्,खुल्ला ठाउँमा जुवा नखेविदिनुहोस, हामी असल बन्न चाहान्छौ, तपाईहरु बाटै सिक्न चाहान्छौ, आदरणीय बुव्आमा! हामी हजुरहरु लाई हेरेर असल कुरा सिक्न चाहान्छौ जस्ता नारा लेखिएको हाते पम्पलेट लिएर विद्यार्थी, शिक्षक लगायतले बालाखुटीबाट, बालापुर गाउँ, घोराहा गाउ हुदै गढवा बजारको मुख्यचोक हुदै विद्यालयमा फर्किएका थिए।
समुदाय प्रहरी साझेदारी कार्यक्रमका लागि इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन ओलीको नेतृत्वमा दर्जनौ प्रहरी जवानहरुको सहभागिता रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुबेदीको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रमको सहजिकरण विद्यालय शिक्षक सुदन केसीले गर्नु भएको थियो ।

मा प्रकाशित