जनता मावि गढवामा मानसिक स्वास्थ्य जनचेतना कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा २४ वैशाख। गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मानसिक स्वास्थ्य प्रबन्धन तथा आत्महत्या रोकथाम सम्बन्धी जनचेतना कार्यक्रम गढवा गाउँपालिका–७ स्थित  जनता माध्यमिक विद्यालयमा आज सम्पन्न भएको छ।कक्षा १० का दुई वटा कक्षामा सञ्चालन गरिएको उक्त कार्यक्रममा ८६ जना छात्रछात्राहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि तथा आत्महत्या रोकथाम सम्बन्धी विभिन्न विषयमा जानकारी प्रदान गरिएको गढवा गाउँपालिका मनोपरामर्शकर्ता आकार ज्ञवालीले जानकारी दिनुभयो।
कार्यक्रममा विद्यार्थीहरूलाई मानसिक तनावका कारण, त्यसको प्रभाव तथा समस्या परेमा परिवार, शिक्षक र साथीहरूसँग खुला रूपमा संवाद गर्नुपर्ने विषयमा समेत सचेतना दिइएको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रमप्रति चासो देखाउँदै सक्रिय सहभागिता जनाएका थिए।
कार्यक्रममा बोल्दै आयोजक पक्षले विद्यार्थी भाइबहिनीहरूको उत्साहजनक सहभागिताले कामप्रति थप ऊर्जा र प्रेरणा प्रदान गरेको उल्लेख गर्दै मानसिक स्वास्थ्य जस्तो संवेदनशील विषयमा युवाहरूको सचेतना आवश्यक रहेको बताए।
विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मविश्वास तथा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।
सचेतना मुलक कार्यक्रममा आकार ज्ञवाली र राधा गौतमले सहजीकरण गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID