त्रिभुवन नगर जेसिजद्वारा बृहत रक्तदान कार्यक्रम रक्तदानलाई सबैले दैनिकी बनाउनुपर्ने : सबिन प्रियसन

गणतन्त्र नेपाल समाचारदाता

दाङ ,१ असार। विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले मानिसलाई रगत जतिबेला पनि चाहिने भएका कारण सबै स्वस्थ मान्छेले अनिवार्य ३/३ महिनामा रक्तदान गर्नुपर्ने, रक्तदानलाई मान्छेको दैनिकीसँग जोड्नको लागि राज्यले रक्तदानको महत्वलाई पाठ्यक्रममै राख्नुपर्ने, सबै सामाजिक संघसंस्थाहरुले कम्तिमा पनि वर्षमा चार पटक रक्तदान कार्यक्रमको आयोजना गर्नुपर्ने बताउनुभयो। कार्यक्रमका विशिष्ट अतिथि रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेले हाल मासिक एकहजार point रगत आवश्यक पर्ने भएका कारण अनिवार्य सबैले रक्तदान गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा विभिन्न क्षेत्रबाट आएका व्यक्तिहरूले रक्तदान गर्नुका साथै स्वास्थ्य परीक्षण समेत गरेका थिए। रक्तदान कार्यक्रमका संयोजक पुकार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसिजका श्रीसन अधिकारीले जेसी आस्थापाठ गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण जेसिजका सचिव रणबहादुर खड्काले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID