गढवामा होमस्टे व्यवस्थापन तालिमको तेस्रो दिन प्रयोगात्मक अभ्यास सम्पन्न

आलोक भावुक

गढवा,६ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिकामा सञ्चालन भइरहेको ७ दिने होमस्टे व्यवस्थापन तालिम अन्तर्गत तेस्रो दिन रैथाने परिकार निर्माण, अतिथि सत्कार तथा सांस्कृतिक कार्यक्रम सम्बन्धी प्रयोगात्मक अभ्यास सम्पन्न भएको छ।

गढवा गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा भइरहेको तालिममा स्थानीय स्तरमा उपलब्ध परिकारको प्रयोग, पाहुनालाई स्वागत गर्ने तरिका तथा सांस्कृतिक प्रस्तुतिबारे सहभागीहरुलाई व्यवहारिक अभ्यास गराइएको थियो।

कार्यक्रममा बोल्दै यमनारायण शर्मा पोख्रेल ले होमस्टे सञ्चालनमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने र नागरिकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यअनुसार तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले होमस्टे पर्यटन प्रवर्द्धनसँगै स्थानीय कला, संस्कृति र परम्परागत खानाको संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रयोगात्मक अभ्यास कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष लेखबहादुर थापा, ६ नम्बर वडा अध्यक्ष वीरबहादुर आले मगर, कार्यपालिका सदस्य, वडा सदस्य, प्रशिक्षक भुमराज तिवारी, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण काजल चौधरीले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID