गढवाका प्रधानाध्यापकद्वारा शिक्षा शाखा प्रमुख विकलाई बिदाई तथा फेरी भेटौला

आलोक भावुक

गढवा, १ जेठ । गढवा गाउँपालिका का शिक्षा शाखा प्रमुख श्याम बहादुर विकलाई गढवा क्षेत्रका प्रधानाध्यापकहरूको समूहले बिदाई तथा फेरी भेटौला कार्यक्रम गरी सम्मानपूर्वक विदाई गरेको छ।

गत ८ वर्षदेखि गढवा गाउँपालिकामा शिक्षा शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका गढवा गाउँपालिका वडा नम्बर २ निवासी श्याम बहादुर विक संघीय बि.नि. (रा.प. तृतीय, छैठौं तह) मा बढुवा भई शिक्षा विकास तथा समन्वय इकाइ बाँकेमा सरुवा हुनुभएको हो।

गढवा गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा विकको योगदानको उच्च प्रशंसा गरिएको थियो। कार्यक्रमपछि प्रधानाध्यापकहरूको टोलीले उहाँलाई घरसम्म नै पुगेर सम्मानपूर्वक बिदाई गरेको जनाएको छ।

फेरी भेटौला कार्यक्रममा बोल्दै राम सुरत यादवले श्याम बहादुर विकले शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदान उल्लेखनीय रहेको बताउँदै उहाँको नेतृत्वमा विद्यालय तथा शैक्षिक गतिविधिहरू प्रभावकारी बनेको धारणा व्यक्त गर्नुभयो। उहाँले विकको नयाँ जिम्मेवारी सफल रहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो।

त्यसैगरी विकास रजौरेले शिक्षा क्षेत्रमा विकले देखाउनुभएको समन्वयकारी भूमिका र सकारात्मक कार्यशैलीको प्रशंसा गर्दै उहाँको कार्यकाल गढवाको शैक्षिक विकासका लागि स्मरणीय रहने बताउनुभयो। उहाँले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले विकसँगको सहकार्य र अनुभवलाई स्मरण गर्दै फेरी भेटौलाको अपेक्षा सहित भावुक वातावरणमा विदाई गरेका थिए।

कार्यक्रमको सहजीकरण माध्यमिक विद्यालय रङसिङका प्रधानाध्यापक ज्ञानहरी रिजालले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID