
गढवा,१ जेठ। गढवा गाउँपालिका वडा नम्बर ६ स्थित खबरी गाउँमा शुक्रबार साँझ आगलागी हुँदा एक घर तथा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।
स्थानीय भुवन सिंह पुनको घरमा अचानक आगलागी भएको हो। आगलागीबाट घरगोठ सहित सम्पूर्ण सामग्रीमा क्षति पुगेको जनाइएको छ। आगलागी भएको खबर प्राप्त हुनासाथ गढवा गाउँपालिकाको दमकल घटनास्थलतर्फ पठाइएको भए पनि घरसम्म पुग्नुअघि नै बाटोमा रहेको खोलामा फसेको स्थानीय चेतमान केसीले जानकारी दिनुभयो।
हालसम्म आगलागीको कारण तथा क्षतिको पूर्ण विवरण खुल्न सकेको छैन। घटनापछि स्थानीयवासी तथा सरोकारवाला निकायले थप विवरण संकलन गरिरहेका छन्।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





