सिपि नेपालद्वारा निर्मित दीपेन्द्र होमजुन मावि पर्सेनीको नयाँ शैक्षिक संरचनाहरू हस्तान्तरण
आलोक भावुक

गढवा, २८ जेठ। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ प्रसेनी स्थित दीपेन्द्र होमजुन माविमा नयाँ शैक्षिक संरचनाहरूको उद्घाटन गरिएको छ।

गढवा गाउँपालिका वडा नं. ४ प्रसेनी स्थित दीपेन्द्र होमजुन माध्यमिक विद्यालयमा ६ वटा नयाँ कक्षाकोठा भवन, एक बालबालिका मैत्री शौचालय भवन र सुविधा सम्पन्न प्रारम्भिक बालविकास (ईसीडी) कक्षाकोठाको उद्घाटन भएको हो।

क्रिएटिङ पोसिबिलिटीज नेपाल (सिपी नेपाल) को आर्थिक सहयोग तथा गढवा गाउँपालिकाको प्राविधिक सहयोगमा शैक्षिक भवन तथा बालमैत्री शौचालयको निर्माण भएको हो।

एक करोड १९ लाख रुपैयाँको लागतमा सुविधा सम्पन्न बालबिकाश कक्षा, छात्र/छात्राका लागि बालमैत्री शौचालय भवन र ६ कोठे बिद्यालय भवनको निर्माण कार्य सम्पन्न पश्चात आज सोमबार उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सिपि नेपालले बिगत देखी नै उदाहरणीय नविनतम कार्यहरु गर्दै आएको बताउदै असाहाय, बिपन्न, गरिब परिवारका बालबालिकाहरु लाई नर्सरी देखि नर्सिङ सम्मको निशुल्क पठनपाठन लगायतका महिला शसक्तिकरण, आत्मनिर्भरका लागि ज्ञानसिप र रोजगार दिने जस्ता कैयम सामाजिक काममा निरन्तर अघि बढेको र गाउँपालिकाको पहिलो र प्रभावकारी कामगर्ने संस्थाकोरुपमा स्थापित भएको बताउनु भयो। सिपि नेपालले शिक्षाको क्षेत्रमा शैक्षिक भवन निर्माण, विद्यार्थीहरु लाई शैक्षिक सामाग्रीहरु, लत्ताकपडा लगायतका थुप्रै सामाग्री सहयोग गर्दै उत्कृष्ट कार्य गर्दै आएको र त्यसबाट पालिका परिवार खुसी भएको बताउनुभयो। सिपि नेपालले गढवामा गाउँपालिकामा रही गाउँपालिका संग सहकार्य गर्दै गरेको बिभिन्न कामहरु बाट आफु प्रभावित भएको आगामी दिनमा साथ सहयोग र सहकार्यका लागि पालिका सदैव तयार रहेको बताउनुभयो बताउनुभयो। आफुले सिपि नेपाल पालिकाकै अंग भएको जस्तो महसुस गरेको र आगामी दिनमा शिक्षा स्वरोजगार र महिला शसक्तिकरणको क्षेत्रमा सहकार्य गर्दै अघि बढ्ने अवसरका लागि पालिका तयार रहेको पालिका अध्यक्ष पोख्रेलले बताउनु भयो।

नव निर्मित शैक्षिक भवनको उद्घाटन कार्यक्रममा बोल्दै क्रियटिङ पोसिबिलिटिज नेपालका महासचिव मन्दरशेखर बन्धोपाध्यायले निर्मित शैक्षिक भौतिक संरचनाहरू केवल भवन मात्र नभएर गाउँका बालबालिकाका लागि उज्वल भविष्यको आशा, सुरक्षित वातावरण, र समुचित अवसरको प्रतीक भएको बताउनुभयो । स्रोत र साधन अभावमा रहेका ग्रामीण क्षेत्रहरूमा यस्ता संरचनात्मक सुधारहरूले बालबालिकाको आत्मविश्वास बढाउन, शिक्षामा निरन्तरता दिन, र उज्यालो भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने महासचिव बन्धोपाध्यायले बताउनुभयो।

६ कोठे शैक्षिक भवन निर्माणको लागत ८५ लाख ५१ हजार ८ सय ३८ रुपैयाँ, बालमैत्री शौचालयमा २० लाख ४ हजार ६ सय ५८ रुपैयाँ र सुविधायुक्त बालबिकाश (ईसिडि) निर्माण ७ लाख ११ हजार ५ सय ३२ रुपैयाँ, प्रशासनिक लागत ६ लाख ३१ हजार ९ सय ७० रुपैयाँ गरी कुल एक करोड १८ लाख ९९ हजार ९ सय ९८ रुपैयाँको लागतमा निर्माण भएको हो।

कार्यक्रम क्रियटिङ पोसिबिलिटिज नेपालका महासचिव मन्दरशेखर बन्धोपाध्यायले अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

भवन उद्घाटन कार्यक्रममा ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरी, गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल,सिपि नेपालका निर्देशक दिनेशराज सापकोटा, लेखा अधिकृत सञ्जयराज शर्मा,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम यादव, सिपि नेपालकी विद्यार्थी संयोजक हीरा सापकोटा निरौला, गढवा गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक रबिलाल माझी, शिक्षक अभिभावक संघका अध्यक्ष चिन्ता प्रसाद पोख्रेल, शिक्षक अभिभावक सरोकारवाला लगायतको सहभागिता रहेको थियो।

सिपि नेपालकी दिपा चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सिपि नेपालको महिला शसक्तिकरण कार्यक्रमकी संयोजक सरिता चौधरीले गर्नु भएको थियो।

गढवामा नेपाल उद्योग व्यापार महासंघ समिति गठन, अध्यक्षमा चित्र बहादुर रावत सर्वसम्मत
आलोक भावुक

गढवा, २७ जेठ। नेपाल उद्योग व्यापार महासंघ जिल्ला समिति दाङको आयोजनामा मंगलवार गढवा गाउँपालिकामा नेपाल उद्योग व्यापार पालिका समिति गठन गरिएको छ।

नेपाल उद्योग व्यापार महासंघ दाङका अध्यक्ष डिल्ली बहादुर वलीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य मिनराज भण्डारी र नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य बसन्त गिरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

भेलामामा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले नेपाल उद्योग व्यापार महासंघ उद्योगी व्यवसायी व्यापारीहरूको छाता संगठन भई त्यस क्षेत्रमा निरन्तर कार्य गरेको एक सशक्त र संस्था भएको बताउनुभयो। गढवामा गठन पश्चात नेपाल उद्योग व्यापार महासंघ संग सहकार्य गर्दै गढवा गाउँपालिका समितिले उद्योगी व्यवसायी र व्यापारीहरुको हक अधिकारका लागि निरन्तर अघि बढेर काम गर्ने विश्वास आफुले लिएको बताउनुभयो। उद्योग व्यवसायी र व्यापारीहरुको हकहितको लागि लड्ने, तिनका लागि वकालत गर्ने, संरक्षण गर्ने, भएकाले यो संस्था लाई अघि बढाउन आवश्यक रहेको बताउनुभयो।

सम्पन्न भेलाले गढवा गाउँपालिकामा पहिलो पटक नेपाल उद्योग व्यापार गढवा गाउँपालिका समिति गठन गरेको छ।
गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न प्रथम भेलाले व्यवसायी चित्र बहादुर रावत क्षेत्रीको अध्यक्षतामा १७ सदस्यीय पालिका समिति गठन गरेको छ। जस्को उद्योग उपाध्यक्ष लक्ष्मण घर्ती, वाणिज्य उपाध्यक्षमा कल्पना रावत, महासचिवमा भरत पन्त, सचिवमा कृष्ण पन्थी, कोषाध्यक्षमा भिम रिजाल, सह कोषाध्यक्ष कृष्ण आले, सदस्यहरुमा हेम नारायण चौधरी, मुक्त बहादुर सुनार, कौशिल्यादेवी बिश्वकर्मा, पदम रिजाल, कृष्ण बस्नेत, गिता चौधरी, पुष्पा पौडेल र भगवति चौधरी रहनु भएको छ।

त्यसैगरी नेपाल उद्योग व्यापार राजपुर गाउँपालिका समिति पनि मंगलवार गठन भएको छ। राजपुरमा सम्पन्न भेलाले व्यवसायी/व्यापारी बिकाश गुप्ताको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको छ। श्यामलाल वली, दुर्गा शर्मा, कल्लु यादव, जगन्नाथ गुप्ता, प्रमोद भण्डारी, विक्रम गुप्ता, झुपलाल खत्री र दुर्गा खत्री रहनु भएको छ ।

सम्पन्न प्रथम गढवा गाउँपालिका नेपाल उद्योग व्यापार समितिको भेलामा प्रदेश उद्योग उपाध्यक्ष खिमान्नद पौडेल, वाणिज्य उपाध्यक्ष गण्ज बहादुर बिष्ट, प्रदेश सदस्य शालिकराम आचार्य, चुडामणी आचार्य, चन्द्र खनाल, नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीका अध्यक्ष तिलक घिमिरे, गढवा गाउँपालिकाका उद्योगी व्यापारी व्यवसायीहरु लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजिकरण नेपाल उद्योग व्यापार महासंघ जिल्ला समिति दाङका महासचिव विकास वलीले गर्नु भएको थियो।

गढवा गाउँपालिकामा ४४९औं आधारभूत स्काउट तालिम सुरु
आलोक भावुक

गढवा, २७ जेठ। दाङ देउखुरीको गढवा गाउँपालिकामा ४४९ औं आधारभूत स्काउट तालिम मंगलवार देखि जनता माध्यमिक विद्यालय गढवामा सुरु भएको छ।

आयोजक गढवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद विकास शाखाको आयोजना तथा आर्थिक सहयोग तथा स्थानीय स्काउट गढवा गाउँपालिकाको व्यवस्थापनम गढवा गाउँपालिका वडा नम्बर ७ मा मा स्थित जनता माध्यमिक विद्यालय गढवाको सभाहलमा ६ दिने आधारभूत स्काउट तालिम सुरु भएको हो। ५९९ औॅ स्काउट आधारभूत तालिमको उद्घाटन गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पानसमा दिप प्रज्वलन तथा ब्यानर पढेर गर्नु भएको थियो।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पछिल्लो समयमा समाज असभ्यता भन्दा अराजक्ता तिर बढी अग्रसर भएकोले त्यस्ता गतिविधि लाई विद्यालय हुदै गाउ समाज सम्म अनुसाशनको सन्देश फैलाउन स्काउटले महत्वपूर्ण भुमिका निर्वाह गर्ने मा आफु आसाबादी रहेको बताउनुभयो। स्काउटमा अनुसाशन सिर्जनात्मक ज्ञान बिकाश भएको आफुले महसुस गरेको बताउदै त्यसो ज्ञान सिप शिक्षा सबैतिर सञ्चार गर्न अनुरोध समेत गर्नु भयो। त्यसैगरी बिभिन्न कार्यक्रमहरुम2 स्काउट अग्रसर भएर काम गर्ने गरेको र कार्यक्रमको सोभा समेत बढाएको महसुस गरेकोले गढवा गाउँपालिकामा पनि स्काउट लाई सोही अनुसार अघि बढाएर एउटा गहनाको रुपमा संरक्षण गर्नुपर्ने बताउनुभयो। तालिममा सिकेका कुरा सम्पूर्ण विद्यालयमा विद्यार्थी लाई सिकाउनु पर्ने कुरामा जोड दिनुभयो।

६ दिनसम्म चल्ने तालिमका सहभागीलाई शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक भावनाको विकाससँग सम्बन्धित जानकारी गराइनेछ । साथै अनुशासन, सदाचार, नैतिकताका विषयबारे पनि सिकाइनेछ । विपद्पछिको उद्धार, राष्ट्र निर्माणमा कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा पनि तालिम दिइने राष्ट्रिय प्रशिक्षक रत्नस्वरी चवालले जानकारी दिनुभयो।

६ दिन सम्म चल्ने स्काउटको आधारभूत तालिमको प्रमुख प्रशिक्षकमा स्काउटको राष्ट्रिय प्रशिक्षक रत्नस्वरी चवाल रहनु भएको छ भने राप्ती गाउँपालिकाका प्रमुख आयुक्त छविलाल कणेल लगायत रहनु भएको छ भने परामर्शकर्तामा कामना चौधरी र सुस्मिता राना रहनु भएको छ। ६ दिन सम्म सञ्चालन हुने आधारभूत तालिममा गढवा गाउँपालिकाका विभिन्न सामुदायिक तथा निजी क्षेत्रका विधालयका १९ जना महिला शिक्षकहरुको सहभागिता रहेको छ।

गढवा गाउँपालिका अध्यक्ष तथा स्थानीय स्काउटका संरक्षक यमनारायण शर्मा पोख्रेलको अध्यक्षता भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायब निरीक्षक दामोदर डांगी, गढवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद तथा शिक्षा शाखाका प्राविधिक सहायक रबिलाल माझी, गढवा गाउँपालिका प्रमुख आयुक्त ईश्वरा पाठक, राप्ती गाउँपालिकाका प्रमुख आयुक्त छविलाल कणेल, जनता माध्यमिक विद्यालय गढवाका प्रधानध्यापक राम सुरत यादव, विभिन्न विद्यालयका स्काउटकर्मी लगायतको सहभागिता रहेको थियो।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गढवा जनता माध्यमिक विद्यालय गढवाका प्रधानध्यापक राम सुरत यादव, स्काउटका गढवा गाउँपालिका प्रमुख आयुक्त ईश्वरा पाठक, राप्ती गाउँपालिकाका प्रमुख आयुक्त छविलाल कणेल, स्थानीय स्काउट सदस्य रिता कुमारी शर्मा लगाएतले बोल्नु भएको थियो।

स्थानीय स्काउट सदस्य रिता कुमारी शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण स्थानीय स्काउट लिडर रेश्मा योगीले गर्नु भएको थियो।

सिपि नेपालद्वारा निर्मित दीपेन्द्र होमजुन मावि पर्सेनीको नयाँ शैक्षिक संरचनाहरू हस्तान्तरण
आलोक भावुक

गढवा, २८ जेठ। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ प्रसेनी स्थित दीपेन्द्र होमजुन माविमा नयाँ शैक्षिक संरचनाहरूको उद्घाटन गरिएको छ। गढवा गाउँपालिका वडा नं. ४ प्रसेनी स्थित दीपेन्द्र होमजुन माध्यमिक विद्यालयमा ६ वटा नयाँ कक्षाकोठा भवन, एक बालबालिका मैत्री…

गढवामा नेपाल उद्योग व्यापार महासंघ समिति गठन, अध्यक्षमा चित्र बहादुर रावत सर्वसम्मत
आलोक भावुक

गढवा, २७ जेठ। नेपाल उद्योग व्यापार महासंघ जिल्ला समिति दाङको आयोजनामा मंगलवार गढवा गाउँपालिकामा नेपाल उद्योग व्यापार पालिका समिति गठन गरिएको छ। नेपाल उद्योग व्यापार महासंघ दाङका अध्यक्ष डिल्ली बहादुर वलीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख…

गढवा गाउँपालिकामा ४४९औं आधारभूत स्काउट तालिम सुरु
आलोक भावुक

गढवा, २७ जेठ। दाङ देउखुरीको गढवा गाउँपालिकामा ४४९ औं आधारभूत स्काउट तालिम मंगलवार देखि जनता माध्यमिक विद्यालय गढवामा सुरु भएको छ। आयोजक गढवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद विकास शाखाको आयोजना तथा आर्थिक सहयोग तथा स्थानीय स्काउट…

भिडियो

खेलकुद

दोस्रो घोराही गोल्डकपमा दंगीशरण विरुद्ध गढवाको रोमाञ्चक जीत
छवि पुरी

घोराही, २४ चैत । दोस्रो संस्करणको घोराही गोल्ड कपमा गढवा गाउँपालिकाको टीमले रोमाञ्चक जीत दर्ता गरेको छ । दंगीशरण गाउँपालिकासँग २–० गोलले पछि परेको अवस्थामा गढवा गाउँपालिकाले दोस्रो हाफको अन्तिम समयतिर लगातार दुई गोल गर्दै टाईब्रेकरमा रोमाञ्चक जीत हासिल गर्यो…

घोराही गोल्डकप फुटबल प्रतियोगिताको लागि गढवा गाउँपालिकाको टिम घोराही प्रस्थान
आलोक भावुक

गढवा,२३ चैत्र। घोराही उपमहानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तरपालिका स्तरीय घोराही गोल्डकप फुटबल प्रतियोगिता -२०८१ मा सहभागी हुन गढवा गाउँपालिकाबाट २५ जनाको टिम घोराहीका लागि प्रस्थान गरेको छ। खेलाडीहरूलाई गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलले टीका लगाई जितको…

गढवा गाउँपालिकाको नवौँ स्थापना दिवश, विशेष समारोह भव्यरुपमा सम्पन्न
आलोक भावुक

गढवा, २८ फागुन ।  दाङ देउखुरिको गढवा गाउँपालिकाको नवौं स्थापना दिवसको अवसरमा विशेष समारोहको साथ मंगलवार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभामुख तुल राम घर्ति मगर वको प्रमुख आतिथ्य तथा…

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भयो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता
गणतन्त्रनेपाल समाचारदाता

दाङ- प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ गर्नु भएको थियो भने क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ…