गढवामा तरबुजा खाने प्रतियोगितामा सम्पन्न, मनोज कुमाल बिजयी

आलोक भावुक

गढवा,१५ वैशाख। दाङको देउखुरीको गढवा गाउँपालिकामा तरबुजा खाने प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय किसान टेकेन्द्र राज रावत क्षेत्रीको आयोजनामा देउखुरीस्थित गढवा गाउँपालिका-३ खैरेनीमा आज ‘तरबुजा खाने प्रतियोगिता’ सम्पन्न भएको हो।

प्रतियोगितामा गढवा गाउँपालिका वडा नम्बर ३ खैरेनी निवासी मनोज कुमाल साढे दुई किलो खरबुजा खाएर सबै १४ जना लाई पछी पार्दै बिजय हुनु भएको छ। कुमाललाई ७.५ किलोको खरबुजा पुरस्कार स्वरुप प्रदान गरिएको छ।

त्यसैगरी सरस्वती माध्यमिक विद्यालय विद्यानगर गोबरडिहा शिक्षक अरुण खनाल दोस्रो स्थान हासिल गर्न सफल हुनु भएको छ। उहाँलाई पनि पुरस्कार स्वरुप २.५ किलोको खरबुजा प्रदान गरिएको छ।

“आहा गढवा, घुम्न जाऔं गढवा” अभियानअन्तर्गत आयोजना गरिएको प्रतियोगितामा बिजेता हुनेलाई व्यक्तिलाई ७ केजी तरबुजा उपहार स्वरुप प्रदान गरिएको छ । बैशाख १५ गतेलाई तरबुजा दिवस घोषणा गर्ने गरि प्रतियोगिता आयोजना गरिएको “आहा गढवा, घुम्न जाऔं गढवा” अभियानकर्ता टेकेन्द्र रावत क्षेत्रीले जानकारी दिएका छन् । प्रतियोगितामा सहभागी हुन १२० दर्ता शुल्क तोकिएको थियो। प्रतियोगितामा १५ जना‌ सहभागी प्रतियोगितको रुपमा भाग लिनु भएको थियो।

गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुलसीराम अधिकारीको अध्यक्षतामा भएको प्रतियोगितामा फलफूल व्यवसायी/ किसान तिर्थराज ज्ञवाली, समाजसेवी प्रदिप राज शर्मा लगायतले स्थानीय युवा कृषक टेकेन्द्र राज रावत क्षेत्रीको कामको प्रशंसा गर्दै तारिफ समेत गर्नु भएको थियो। सम्भावनाको खोजीमा बिदेसिने युवाको संख्या लाई लक्षित गर्दै श्रम गरे कृषि मार्फत स्वदेश मै राम्रो सम्भावना भएको उल्लेख गर्नु भएको थियो।

प्रतियोगितामा सहभागीले तरबुजाको रातो भाग छिटो खाने आधारमा विजेता छनोट गरिएको थियो । कार्यक्रमले स्थानीय तरबुजा उत्पादनको प्रवर्द्धन, कृषिलाई पर्यटनसँग जोड्ने तथा युवालाई कृषिमा आकर्षित गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, शिक्षक, स्थानीय लगायतको वाक्लो उपस्थिति रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID