दाङ, पोखरा र काठमाडौँ बीच घोराहीमा फुटबल प्रतियोगिता आगामी प्रतियोगिता पोखरामा हुने

सविन प्रियासन

दाङ । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको लुम्बिनी, डोल्पो, यौङ स्टार मैत्रिपूर्ण फुटबल खेल घोराहीमा भव्य रुपमा सम्पन्न भएको छ। पोखरा स्थित योङ स्टार, काठमाडौं स्थित डोल्पो क्लब, घोराही स्थित लुम्बिनी फुटबल एकेडेमी बीच १३ वर्ष र १६ वर्ष मुनिका खेलाडीहरू बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउ अभियानका संयोजक सविन प्रियासन, लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समिर ओली लगायतकाले पुरस्कार एवं प्रमाणपत्र, ट्रफी, मेडल वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा १६ वर्ष मुनिको खेलमा young star क्लब पोखरा र १३ वर्षमुनिको प्रतियोगितामा लुम्बिनी फुटबल एकेडेमीले विजय प्राप्त गरेको थियो। प्रत्येक ६ महिनामा यस प्रकारको प्रतियोगिता आयोजना गरिने र आगामी खेल पोखरामा हुने योङस्टार क्लबले जनाएको छ । प्रतियोगिताका लागि काठमाडौँ र पोखराबाट ७७ जना खेलाडी एवं प्रशिक्षकहरू घोराही आएका थिए।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID