जनता मावि गढवामा निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर, २०५ जनाले लिए सेवा

आलोक भावुक

गढवा, ३० जेठ। लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, दाङको आयोजनामा गढवा गाउँपालिका वडा नम्बर ६ स्थित जनता माध्यमिक विद्यालयमा निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सनिवार सम्पन्न भएको छ।

मलद्वारसम्बन्धी रोगहरू (Anorectal Diseases) जस्तै पाइल्स (बवासिर), फिसर, फिस्टुला (भगन्दर), दिसासँग रगत आउने, मलद्वार बाहिर निस्कने, चिलाउने तथा पोल्ने लगायतका समस्याको परीक्षण, परामर्श र उपचारका लागि सञ्चालन गरिएको शिविरबाट २०५ जनाले सेवा लिएका छन्।

शिविरमा सेवा लिने २०५ जनामध्ये ८६ जना पुरुष तथा ११९ जना महिला रहेका छन् । त्यसैगरी ४१ जनालाई आवश्यक शल्यक्रिया (अपरेशन) सम्बन्धी परामर्श तथा काउन्सिलिङ सेवा प्रदान गरिएको गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले जानकारी दिनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष हिमबहादुर डाँगीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री इन्द्रजित थारुको प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो।

निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर कार्यक्रममा लुम्बिनी प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डा. प्रवेश श्रीवास्तव, डा. अर्जुनराज शर्मा, डा. प्रभाकर ठाकुर, डा. कृष्णप्रसाद ज्ञवाली, डा. सरोजमणि पौडेल, डा. वर्षा पौडेल, गढवा गाउँपालिका–६ का वडाध्यक्ष वीरबहादुर आले मगर, जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार कुमाल, प्रधानाध्यापक रामसुरत यादव, गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरी, गढवा स्वास्थ्य चौकी प्रमुख सूर्यनारायण यादव, रेडियो साझा आवाजका प्रबन्ध निर्देशक दुखहरण यादव लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले समयमै रोगको पहिचान र उपचार गर्न सके जटिल स्वास्थ्य समस्याबाट बच्न सकिने बताउँदै आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकको आकर्षण बढ्दै गएको उल्लेख गर्नु भयो। अध्यक्ष पोख्रेलले यस्ता निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

आयोजकका अनुसार शिविरमा आएका बिरामीलाई विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचारसम्बन्धी जानकारी प्रदान गरिएको थियो। स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको शिविर प्रभावकारी र उपलब्धिमूलक बनेको आयोजकले जनाएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID