गढवामा भेटियो विश्वकै सबैभन्दा ठूलो विषालु प्रजातिको सर्प

आलोक भावुक

देउखुरी, २४ बैशाख । गढवामा सबैभन्दा ठूलो विषालु सर्प राज गोमन पहिलो पटक भेटिएको छ । विश्वकै सबैभन्दा ठूलो विषालु सर्प मानिने राज गोमन -किङ कोब्रा) पहिलो पटक गढवामा भेटिएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ लक्षिनपुर निवासी स्थानीय शुसिला गुरुङ्को घरबाट सर्प उद्दारकर्ता शिवु खनालले बुधवार राती ८ बजे उक्त गोमन सर्प उद्धार गर्नुभएको हो ।

यसलाई गढवामा पहिलो अभिलेखीय उद्धार घटना मानिएको छ । सर्प उद्धारको जानकारी पाउन साथ सर्प उद्धारकर्ता शिवु खनाल घटनास्थल पुगे । डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजनल वन अधिकृत गणेश खड्कालाई तत्काल जानकारी गराइएपछि सर्प उद्दारकर्मी खनालको नेतृत्वमा दुईजना वन कर्मचारी घटनास्थल पुगेर एक घण्टाको लामो प्रयत्नपछि सर्पलाई जिवितै नियन्त्रण्मा ल्याइयो ।

उद्धारपछि सर्पलाई लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वनमा ल्याइयो । सर्पको तौल करिब ८ किलो र लम्बाई १० फिट रहेको थियो । डिभिजन वन कार्यालय देउखुरीको समन्वयमा अजम्मरी सामुदायिक वनको प्राकृतिक बासस्थानमा पुनःस्थापित गरिएको सर्प उद्दारकर्ता शिवु खनालले बताउनुभयो ।।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID