लैङ्गिक समानता तथा बजेट विश्लेषण कार्यक्रम गढवामा सुरु

आलोक भावुक

गढवा, ६ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिकामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण परीक्षण र लैङ्गिक उत्तरदायी बजेट विश्लेषण कार्यक्रम २०७३ सुरु भएको छ।

गढवा गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन भएको उक्त बजेट विश्लेषण कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा गढवा गाउँपालिकाका आठवटै वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको छ।

विश्लेषण कार्यक्रमको सहजीकरण गिरिराज अधिकारीले गरिरहनुभएको छ। उहाँले बजेट विश्लेषण कार्यक्रमबारे विस्तृत जानकारी दिँदै सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ समेत दिनुभएको थियो।

कार्यक्रमको उद्घाटन सत्र गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल, विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्य तथा कार्यपालिका सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID