मकुनडाँडामा धार्मिक पर्यटनको विकास गर्न सत्संग हुने 

सविन प्रियासन

घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर ९ मकुण्डाँडामा धार्मिक पर्यटनको विकासका लागि तीन दिने सत्संग हुने भएको छ। विगत केही दिनदेखिको छलफल एवं सोमबार सोही ठाउँमा आयोजित विशेष कार्यक्रम पश्चात यही असार ५, ६, ७ गते मकुण्डाँडामा त्रिदिवसीय कृष्ण कथा सत्संग प्रवचन कार्यक्रम हुने भएको हो ।

पतञ्जली योग राधाकृष्ण साधना केन्द्र, जेष्ठ नागरिक दिवा सेवा केन्द्र तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा हुन लागिरहेको सत्संग कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागि घन्स बहादुर बस्नेतको अध्यक्षतामा ५१ सदस्य मूल आयोजक समिति गठन गरिएको छ। जसको सहसंयोजकमा तुलसा केसी, सदस्य सचिवमा ताराबहादुर केसी रहनुभएको छ । उक्त सत्संग कार्यक्रम साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमलाई भव्य बनाउनको लागि विभिन्न उपसमितिहरू समेत गठन गर्ने तयारी गरिएको सदस्य सचिव ताराबहादुर केसीले जानकारी दिनुभयो । यसैबीच कार्यक्रमलाई भव्य बनाउनको लागि स्थानीयवासी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायतको उपस्थितिमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षता, पतञ्जलि योग समिति दाङका इन्चार्ज उदयबहादुर डाँगीको प्रमुख आथित्यता एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनको विशेष अतिथ्यतामा कार्यक्रम भएको हो।

सो अवसरमा बोल्ने वक्ताहरुले मकुण्डाँडा क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने, प्रशस्त जमिन भएका कारण यसलाई विशेष योजना बनाएर सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि डांगीले योग साधनाको अनिवार्यताको बारेमा प्रकाश पार्नुभएको थियो। यसैगरी घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले मकुण्डाँडालाई धार्मिक पर्या पर्यटन सर्किट सँग जोड्नुपर्ने बताउनुभयो ।

राजेन्द्र बिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ज्योतिष महासङ्घका महासचिव केशव गौतम, स्थानीय बुद्धिजीवी उपेन्द्रबहादुर केसी, कृष्णा ओली राउत, तुलसा केसी लगायतकाले बोल्नुभएको थियो। कार्यक्रमको सहजीकरण ताराबहादुर केसीले गर्नुभएको थियो। सो अवसरमा स्वर्गद्वारी धार्मिक भजन समुहद्वारा धार्मिक भजन कीर्तन समेत गरिएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID