दाङको गोग्लीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना, एकको मृत्यु

गणतन्त्रनेपाल समाचारदाता

दाङ, २७ चैत्र। तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रीबसले मोटरसाइकललाई ठक्कर दिदा दाङमा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा घोराही उपमहानगरपालिका -१७ निवासी वर्ष २३ का सौगात ओली रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लले जानकारी दिए ।

गोग्लीबाट घोराही तर्फ जाँदै गरेको लु ४१ प ८०९२ न को मोटरसाइकललाई उक्त बसले घोराही उपमहानगरपालिका- १७ बेलबास, सिस्नेखोलाको ओरालोमा आज राती पौने ९ बजे ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका ओलीको उपचारका क्रममा ज्यान गएको छ भने ओलीसंगै मोटरसाइकलमा सवार रहेका तुलसीपुर उपमहानगरपालिका-११ बेलदमारका वर्ष ३५ का शरद लामिछाने घाइते भएका छन ।

उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ भने बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।

मा प्रकाशित