नेपाली कम्युनिस्ट पार्टीद्वारा नयाँ सरकारलाई बधाई, कानुनी प्रक्रिया उल्लंघन नगर्न चेतावनी

गणतन्त्रनेपाल

काठमाडौं, १४ चैत्र – नेपाली कम्युनिस्ट पार्टीले नयाँ सरकार गठनप्रति प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ।

पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शाह प्रधानमन्त्री नियुक्त भई मन्त्रिपरिषद् गठन गरेकोमा शुभकामना व्यक्त गरिएको छ।

विज्ञप्तिमा सरकारको प्रारम्भिक कदमप्रति ध्यानाकर्षण गराउँदै, मन्त्रिपरिषद्को पहिलो बैठकबाट भाद्र २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठन गरिएको कार्य आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रियामा रहेको उल्लेख गरिएको छ।

यस सन्दर्भमा पार्टीले सरकारलाई कानुनी प्रक्रिया, विधिको शासन र निष्पक्षताको मान्यता उल्लंघन नगर्न आग्रह गरेको छ। साथै, कुनै पनि कदम राजनीतिक पूर्वाग्रहका आधारमा चालिए त्यसले द्वन्द्व निम्त्याउन सक्ने चेतावनी पनि दिइएको छ।

प्रेस विज्ञप्ति केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुनद्वारा जारी गरिएको हो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID