पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै उनलाई प्रहरीले पक्राउ गरेको हो।

गणतन्त्र नेपाल समाचारदाता

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिस ल्याइँदै गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए। यसअघि ठूलो संख्यामा प्रहरी गुण्डु पुगेपछि अध्यक्ष ओलीले दुई वरिष्ठ अधिवक्तालाई निवासमा बोलाएका थिए।

वरिष्ठ अधिवक्ता रमेश बडाल र टिकाराम भट्टराईलाई उनले बोलाएका थिए।

एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रहरी एकाबिहानै जरूरी पुर्जीसहित गिरफ्तार गर्न आएको बताइन्।

एमालेका नेता कार्यकर्ताले प्रहरीलाई निवासभित्र प्रवेश गर्न अवरोध गरेका थिए। केहीबेर धकेलाधकेलसमेत भएको थियो।

धकेलाधकेलका क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको एमालेका कार्यकर्ताले बताएका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। लगत्तै गृहमन्त्री सुधन गुरूङले सुरक्षा प्रमुखसँग छलफल गरेका थिए।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID