
नेपाल सरकारले विभिन्न कारण देखाउँदै सरकारी निकायबाट गरिने सूचना विज्ञापन सरकारी सञ्चार माध्यमहरुमा नै प्रकाशन-प्रसारण गर्ने सूचना जारी गरेको छ । म नेपाल पत्रकार महासंघ, साना लगानीका मिडिया संवर्धन समितिको तर्फबाट के अनुरोध गर्न चाहन्छु भने देशभर रहेका साना लगानीका मिडियाहरूमा स्थानीय स्तरमै प्रकाशित भइरहेका छापा माध्यम र प्रसारणमा रहेका रेडियो, टेलिभिजन र अनलाइनहरूलाई त्यही विज्ञापन प्रकाशित गर्ने निर्णय सरकारले गर्ने हो भने आर्थिक दृष्टिकोणले अहिले जति पनि विज्ञापनमा पैसा खर्च भइरहेको छ, त्यसको आधा पैसाले जिल्लामै सूचना विज्ञापन प्रकाशन प्रसारण गर्न पुग्छ ।
तसर्थ सरकारले यस कुरामा बरु कसरी अनुगमन नियमन गर्न सकिन्छ भन्ने कुरालाई प्राथमिकता दियोस् । आफूले गरेको निर्णयलाई पुनर्विचार गर्नको लागि म नेपाल पत्रकार महासंघ द्वारा गठित साना लगानीका मिडिया सम्बर्धन समितिको तर्फबाट यस कुरामा गम्भीरताका साथ सरकारलाई अगाडि बढ्नको लागि अनुरोध गर्दछु ।
सबिन प्रियासन (संयोजक) साना लगानीका मिडिया सम्बर्धन समिति नेपाल सरकार महासङ्घ केन्द्रीय कार्यालय




