
गढवा,१० चैत्र । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र राप्ती गाउँपालिकाको संयुक्त आयोजनामा विश्व क्षयरोग दिवस -२०८२ अवसरमा आज मंगलबार राप्ती गाउँपालिकाको सभाहल मसुरियामा पत्रकार संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारु मगरको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोध नारायण चौधरी विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगरले क्षयरोग रोकथाम तथा नियन्त्रणका लागि सबै तह र क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनु भयो। क्षयरोग अझै पनि जन स्वास्थ्यका लागि चुनौतीपूर्ण रोगका रूपमा रहेको बताउदै मन्त्री मगरले यसको नियन्त्रणका लागि समयमै पहिचान, नियमित उपचार र जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेको बताउनुभयो । क्षयरोग परिक्षणका लागि सरकारले निःशुल्क परीक्षणको व्यवस्था गरेकाले सेवा लिन सबैलाई आग्रह गर्नु भयो।
विश्व क्षयरोग दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोध नारायण चौधरी र नेपाल पत्रकार महासंघ केन्द्रीय समिति सदस्य लिला शाहले बिचार राख्नु भएको थियो।
हो हामी क्षयरोग अन्त्य गर्छौ राष्ट्रिय अभियान हाम्रो अभियान भन्ने मुल मन्त्रका साथ लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले पत्रकार संगको अन्तरक्रिया तथा तथ्याङ्क सार्वजनिककरण गरेको हो।
मंगलबार दाङको राप्ती गाउँपालिका मसुरियामा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र राप्ती गाउँपालिकाको संयुक्त आयोजनामा विश्व क्षयरोग दिवसको अवसरमा पत्रकार संघ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमला पति चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य निर्देशनालयका जन स्वासथ्य निरिक्षक कृष्ण गोपाल चौधरीले गर्नुभएको थियो।





