
गढवा, ८ चैत्र। दाङ देउखुरीको गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत सञ्चालन भैरहेको गढवा दुध संकलन तथा बिक्री केन्द्र र गढवा हाट बजारको अध्ययन अवलोकन गरेको छ।
गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको गढवा दुध संकलन तथा बिक्री केन्द्र र गढवा उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालन भैरहेको गढवा कृषि हाट बजारको सनिवार बांके बैजनाथ गाउँपालिकाका जनप्रतिनिधि, सहकारी संस्था सहितको टिमले अवलोकन तथा भ्रमण गरेका छन्
बाँके जिल्ला बैजनाथ गाउँपालिकका जनप्रतिनिधि, वडा नं३ का जनप्रतिनिधि, बैरहवा कृषि हाट बजार सञ्चालन समितिका सदस्यहरु लागि सिकाइ आदानप्रदान तथा तथा अवलोकन भ्रमण कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकामा पुगेका हुन्।
गढवा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको समन्वयमा कृषि तथा पशु विकासको क्षेत्रमा गरिरहेको कामको अध्ययन अवलोकन गर्न टिम गढवा गाउँपालिका आईपुगेको हो।
गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिकी अध्यक्ष सोभा रावत क्षत्रीको अध्यक्षता तथा बांके जिल्लाको बैजनाथ गाउपालिका उपाध्यक्ष निर्मला रोकायाको प्रमुख आतिथ्य तथा सोही गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष निखिल बैगार को विशिष्ट आतिथ्यमा सम्पन्न अध्ययन अवलोकन भ्रमणको छलफल कार्यक्रम सम्पन्न भएको हो।
छलफलको क्रममा गढवा गाउँपालिकाले सञ्चालन गरेको दुध संकलन तथा बिक्री केन्द्र, हाट बजार, कृषि तथा पशु विकासमा आधारित भिटा परियोजना लगायतका बारेमा बृहत रुपमा सिकाई अनुभव साटासाट भएको थियो ।
कार्यक्रममा बैजनाथ गाउँपालिकाका सामजिक बिकाश समिति संयोजक भुमिसरा राना , कृषि विकास शाखाका प्रमुख सचिन मेघनाथ, नव युग कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष शेर बहादुर पाण्डे, प्रवन्धक धन बहादुर थापा, बैरहवा हाट बजार सञ्चालन समितिका अध्यक्ष लगायतको सदस्यहरु सहितको टिम, पोषण समूह अन्तर्गत बि ग्रुप संयोजक बिधायक केसी, आईएलभिसी परियोजनाका पोजेक्ट संयोजक नारायण खत्री, गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिका पदाधिकारी व्यवस्थापक रम्भुनाथ चौधरी, अन्य कर्मचारी, बेस संस्था कर्मचारी, गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिका पदाधिकारी किसान लगायतको सहभागिता रहेको थियो।
माया समालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कैलाश चौधरीले गर्नु भएको थियो।






