२० करोडको लागतमा लमहीमा बन्याे हाेटल, शुक्रबार मुख्यमन्त्रीले उद्घाटन गर्ने

आलोक भावुक

गढवा, २८ पौष । दाङको लमहीमा २० करोडको लागतमा एक सुविधा सम्पन्न होटलको स्थापना भएको छ । साढे १७ कट्ठा क्षेत्रफलमा फैलिएको होटलले लमही नगरविकास समितिलाई वार्षिक ४ लाख ५० हजार रुपैयाँ भाडा तिर्नुपर्ने छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी लमही नगरपालिका ५ रातोडाँडामा सिद्धार्थ होटल ग्रिन लुम्बिनी स्थापना भएको हो। । होटलले बिहिबार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरि होटलले दिने सेवा सुविधाको बारेमा समेत जानकारी गराएको छ ।सिद्धार्थ होटल ग्रिन लुम्बिनी र लमही नगर विकास समिति संग होटल संचालन गर्नका लागि ३० वर्षको सम्झौता भएको अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिएका छन् । त्यसैगरी अहिले सम्म होटलको व्यवस्थापनमा २० करोड रुपैयाँ खर्च भैसकेको र अझै २५ करोड खर्च लाग्ने अनुमान गरिएको भण्डारीको भनाई रहेको छ ।

होटलमा २० वटा अत्याधुनिक सुविधायुक्त कोठा, १ हजार भन्दा बढी सम्म अट्ने फरक फरक सभाहल र मिटिङ रुम रहेका छन् । त्यस्तै पारिवारिक वातावरण भएको रेष्टुरन्ट, प्राईभेट डाईनिङहल, बार, स्विमिङ्ग पुल, स्पा लगाएतका सेवाहरु पुस २९ गते शुक्रवार देखि संचालन हुने बताइएको छ । भने निकट भविष्यमा ४२ वटा सुविधायुक्त कोठा, जिम, हेल्थ क्लब, साथै चार तारे होटेलको सुविधा दिईने योजना रहेको छ ।

पुर्व पश्चिम राजमार्गको मध्य भागमा पर्ने लमहीमा रहेको यस होटेलले मेची देखि महाकाली, हिमाल देखी तराई, र बिदेशी पर्यटकहरुलाई समेत देउखुरी क्षेत्रको पर्यटकिय स्थलको चिनारी यहाँको मौलिक कला संस्कृति, स्थानीय खानाका परिकारहरुलाई समेत प्राथमिकता दिई आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य स्थलको रुपमा अगाडी बढाउने योजना रहेको होटेलका कार्यकारी निर्देशक कृष्ण न्यौपानेले जानकारी दिएका छन् ।लुम्बीनी प्रदेशमा होटेल व्यवसायलाई थप गुणस्तरिय बनाउने उदेश्य साथ होटेल व्यवसायमा लगानी गर्दा आएको सिद्धार्थ ग्रपले २०६० साल माघ २३ गते कैलालीको टिकापुरबाट सेवा आरम्भ गरेको होटलले लमहीमा संचालित सिद्धार्थ होटल ३१ औं शाखाको रुपमा रहेको जानकारी पत्रकार सम्मेलनमा गराईएको थियो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले राम्रो सुविधायुक्त होटेलको अभाव रहेको बेला यस क्षेत्रमा सचालित सिद्धार्थ होटेल आन्तरिक तथा बाहय पर्यटकलाई सेवा दिनुको साथै स्थानियलाई रोजगारीको अबस्था समेत श्रृजना गरेकोमा खुसि व्यक्त गरेका थिए ।

यसै बीच उक्त होटलको उद्घाटन शुक्रवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले गर्ने कार्यक्रम तय भएको होटलले जानकारी दिएको छ । कार्यक्रम मध्यान्न साढे १२ बजे देखि ४ बजे सम्म हुने बताइएको छ । संचालक समितिका अध्यक्ष लक्ष्मण भन्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलन संचालन संचालक रविलाल आचार्यले गरेका थिए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID