मेरा राेजाईमा परेका बर्षका उत्कृष्ट पाँचवटा फिल्महरु

सिनेमा चर्चा

प्रभाष

फिल्महरुकाे मामिलामा याे बर्ष (सन् 2022) अत्यन्त निराशाजनक रह्याे। याे बर्ष यस्ता फिल्महरु अत्यन्त कम आए जसलाई म राम्राे भन्न सकुँ। अझ उत्कृष्ट भन्न सकिने फिल्महरु नगण्य थिए। त्यसैले, म सँग छनाैटकाे लागि धेरै सुविधा वा विकल्प उपलब्ध थिएन। धन्न उत्कृष्ट फिल्महरुकाे सूचिकाे लागि पाँचवटा फिल्महरुकाे सँख्या चाहिँ पुग्याे। ध्यान रहाेस्, म यहाँ इंडियन फिल्महरुकाे कुरा गर्दैछु। मेराे राेजाईका बर्षका उत्कृष्ट पाँचवटा फिल्महरु निम्नअनुसार छन्,

जलसा‘:-

‘जलसा’

कलाकारहरु:- विधा बालान, शेफाली शाह, राेहिणी हथंगड्डी, मानव काैल आदि।

निर्दैशन:- सुरेश त्रिवेणी

हाम्राे समाज मुख्य गरेर दुईवटा वर्ग मिलेर बनेकाे छ। स्राेतसाधन सम्पन्न वर्ग र स्राेतसाधनबाट बँचित-विपन्न वर्ग। एउटा वर्ग शक्ति-सत्ताकाे पहुँचमा छ, अर्काे शक्ति-सत्ताकाे घेरादेखि बाहिर छ। याे दुई वर्ग बीचकाे अन्तर्सम्बन्धलाई ‘जलसा’ ले देखाएकाे छ। ‘जलसा’ सम्पन्न र विपन्न वर्गबीचकाे आपसी अन्तर्निर्भरता र अन्तर्विराेधकाे कथा हाे। फिल्मले विपन्न वर्गकाे न्यायकाे सवाललाई पनि उठाएकाे छ। विपन्न वर्गमाथि सम्पन्न वर्गले अन्याय गर्छ र उनकाे न्यायप्राप्तिकाे सँघर्षलाई जटिल बनाउँछ। समाजकाे वर्गीय अन्तर्विराेध र द्वन्द्वलाई दर्शाउने याे एक दर्शनीय फिल्म हाे।

सानी कायिधाम’:-

‘सानी कायिधम’

कलाकारहरु:- कीर्ति सुरेश, सेल्वा राघव, लिज्जे एंटाेनी, मुरुगादास आदि।

निर्दैशन:- अरण मत्थेश्वरण

याे एक डरलाग्दाे बदलाकाे कथा हाे। याे एक जाेडी दलित चेली-माइतीले समाजका शक्तिशाली-उपल्लाे तह/जातका व्यक्तिहरुविरुद्ध आफुहरुमाथि गरेकाे अन्यायकाे बदला लिएकाे कथा हाे। समाजरुपि पिरामिडमा कसरी पिरामिडकाे माथिल्लो तहमा रहेकाहरुले पीँधमा रहेकाहरुलाई उत्पीडन गर्छन्, कसरी राज्यकाे प्रहरी तथा न्यायप्रणालीले पनि उनीहरुलाई न्याय दिदैनन्, र उत्पीडकलाई नै जाेगाउँछन्, याे सत्यलाई यस फिल्मले देखाएकाे छ। ‘सानी कायिधाम’ लामाे समयपछि मैले हेरेकाे एकदमै प्रभावशाली मुटु कम्पाउने रिभेज स्टाेरी वा फिल्म हाे।

दृष्यम-२‘:-

दृष्यम-२

कलाकारहरु:- माेहनलाल, मीना, अंसिबा हसन, आशा सरथ, अँजली नायर आदि।

निर्दैशन:- जीतु जाेसेफ

‘दृष्यम-२’, ‘दृष्यम’ फिल्मकाे सिक्वेल हाे। ‘दृष्यम’ मा आफ्नो परिवारलाई सजाँयबाट बचाउन एकजना व्यक्तिले उसकाे परिवारले गरेकाे भिभिआइपीकाे छाेराकाे हत्यालाई नक्कली प्रमाणहरु खडा गरेर ढाकछाेप गरेकाे कथा थियाे। त्यही कथालाई यस फिल्ममा अघि बढाइएकाे छ। यसपटक पनि साे व्यक्तिलाई ‘कन्भिक्ट’ गर्ने सक्दाे प्रयास भिभिआइपी परिवारले गर्छ। पुलिसले पनि उसलाई ‘कन्भिक्ट’ गर्न फेरि एकपटक भरमग्दुर प्रयास गर्छ। तर भनिरहनु नपर्ला, तिनीहरुकाे सम्पूर्ण प्रयास फेल हुन्छ। कसरी फेल हुन्छ, त्याे थाहा पाउन चै फिल्म हेर्नुपर्छ।

फिल्मकाे पहिलाे हाफ सा-साना गतिविधिहरुमा अल्झिएकाे जस्ताे लाग्छ, तर ती सा-साना गतिविधिहरुले नै पछि गएर कथालाई खाँदिलाे बनाउँछन्। अर्थपूर्ण बनाउँछन्। फिल्ममा यसकाे प्रमुख पात्रले गरेका कुनै पनि गतिविधि व्यर्थ हुँदैन। उसकाे सानाेभन्दा सानाे गतिविधिकाे पनि अर्थ हुन्छ। फिल्ममा सतहबाट हेर्दा खासै केही पनि घटिरहेको जस्ताे लाग्दैन तर त्यही बीचमा फिल्ममा धेरै कुरा घटिरहेकाे हुन्छ। फिल्मकाे एउटा माेडमा पुग्दा त ‘अब ‌ऊ फँस्याे, अब उसकाे बच्ने कुनै सम्भावना छैन’ जस्ताे लाग्छ तर त्याे प्रतिकुलतालाई प्रमुख पात्रले कति सजिलै चिरेर अनुकुलतामा बदल्छ त्याे देख्दा सुखद् आश्चर्य लाग्छ। सिक्वेल फिल्महरु त यसअघि पनि इंडियामा बनेका हुन् तर ‘दृष्यम-२’ जतिकाे पर्फेक्ट सिक्वेल अर्काे बनेकाे छैन।

विक्रम‘:-

‘विक्रम’

कलाकारहरु:- कमल हसन, फहाद फाजिल, विजय सेथुपति, सूर्या शिवकुमार आदि।

निर्दैशन:- लाेकेश कनंगराज

‘विक्रम’ एक स्पाई एक्शन थ्रिलर फिल्म हाे। यस फिल्मले सुरुदेखि लिएर अन्त्यसम्म तपाईंलाई बाँधेर राख्छ। यस फिल्ममा धमाका नै धमाका छ। बिस्फोटै-बिस्फाेट छ। ‘विक्रम’ एकदमै विस्फाेटक फिल्म हाे जसलाई फिल्म हेर्दा खासगरि सेकेन्ड हाफमा सिक्वेन्सैपिच्छे महसुस गर्न सकिन्छ। यस फिल्मले तपाईंलाई मज्जाले हल्लाइदिन्छ। कमल हसनकाे कमब्याक भनिएकाे (कमल हसनले पाँच बर्षपछि अभिनय गरेकाे) यस फिल्ममा साउथका एक से एक बिस्फोटक एक्टरहरुले अभिनय गरेका छन्। फिल्ममा कमल हसनका अतिरिक्त फहाद फाजिल, विजय सेथुपति र लास्टकाे दस मिनेटमा सूर्या शिवकुमार देखा पर्छन्।

लाेकेश कनंगराज फिल्ममा हलिउडमा जस्ताे आफ्नै युनिभर्स क्रिएट गर्न खाेजिरहेका छन्। ‘कैथी’ पछि त्यसैकाे याे दाेस्राे कडी हाे। लाेकेश कनंगराज अब ‘कैथी-२’ र ‘विक्रम-२’ पनि बनाउन गइरहेका छन्। साथै, ‘विक्रम’ काे सूर्याकाे क्यारेक्टर ‘राेलेक्स’ लाई लिएर छुट्टै स्पीनअप फिल्म पनि बनाउने घाेषणा गरिसकेका छन्। अहिले लाेकेश ‘थलपति ६७’ काे निर्दैशन गर्न गइरहेका छन्। याे फिल्म पनि उनकाे यस युनिभर्सकाे कडी हुने बताइन्दैछ। भविष्यमा कमल, विजय, सूर्या, कार्थी जस्ता सबै बिग एक्टरहरुलाई एउटै फिल्म कसैले हिराे त कसैले भिलेनकाे राेल निभाएर एकअर्कासँग भिडान्त गरेकाे देख्न सकिनेछ।

सितारामम‘:-

‘सितारामम’

कलाकारहरु:- दलकीर सलमान, मृणाल ठाकुर, रश्मिका मंदना, सुमंत आदि।

निर्दैशन:- हानुराघवपुडी

‘सितारामम’ साउथकाे याे बर्षकाे सम्भवत: सबैभन्दा मन पराइएकाे लवस्टाेरी फिल्म हाे। याे फिल्म त सिनेप्रेमीहरुबीच एक ‘कल्ट’ फिल्मकाे रुपमा स्थापित भइसक्याे। मूलतः तेलुगु र मलायलममा बनाइएकाे ‘सितारामम’ मा एक गरिब साधारण युवक र एक सम्भ्रान्त-अभिजात्य युवतीकाे फ्यान्टेसी लवस्टाेरीलाई देखाइएकाे छ जुन लवस्टाेरीमा बाक्लाे इमाेशन्स छ। साथै समर्पण र वफादारीजस्ता मूल्यहरु छन्। यसकाे कथा वियोगान्त छ तर त्यही वियाेगान्तले याे फिल्मलाई मार्मिक र हृदयस्पर्शी बनाएकाे छ। याे फिल्मकाे कथा वियाेगान्त नबनाइएकाे भए सायद यसकाे यति धेरै प्रभाव दर्शकहरुमाथि पर्दैनथ्याे हाेला। ‘सितारामम’ ले साँचाे र चाेखाे वा पवित्र प्रेमकाे चित्र पेश गरेकाे छ। आदर्श प्रेमकाे खडेरी परेकाे अहिलेकाे समयमा ‘सितारामम’ काे कथा प्रचण्ड खडेरीमा परेकाे एक झमट बर्षाजस्तै लाग्छ दर्शकहरुका लागि।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID