
गढवा, ३ असोज। संविधान दिवसको अवसरमा आज गढवामा दिप प्रज्वलन गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ को आयोजनामा ६ नं. वडा कार्यालय परिसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका ६ नं. वडा अध्यक्ष विर बहादुर आलेमगरले। आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको बताउदै आजको दिन हजारौँ हजार नेपाली जनताको त्याग र बलिदानको जगमा ऐतिहसिक रुपमा संविधान निर्माण भएको एंतिहांसिक दिन भएको बताउनुभयो।
संविधानसभाबाट जनताको प्रतिनिधिले संविधान निर्माण गर्नु सामान्य कुरा थिएन । यो नेपालको राजनीतिक परिवर्तनको दृष्ट्रिले मात्रै होइन, संविधानमा उल्लेख भएका कतिपय प्रावधानहरुका कारण यो संविधान उत्कृष्ट र ऐतिहासिक छ- वडाध्यक्ष आलेमगरले बताउनुभयो। लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएकाले सबैले खुसीयाली मनाउनु पर्ने बताउनुभयो।
संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र नभई समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकार लगायतका विषयमा अग्रगामी भएको बताउनुभयो। वि.स. २०७२ साल असोज ३ गतेको संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै संविधान दिवस २०८२ को अवसरमा सम्पूर्णमा शुभकामना समेत दिनु भयो।

दिप प्रज्वलन कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, स्थानीयहरुको सहभागिता रहेको थियो।




