
गढवा,३ असोज। गढवा गाउँपालिका–६, बालाखुटीस्थित दुर्गा मन्दिरमा गएराति अज्ञात व्यक्तिहरुले तोडफोड गरी मन्दिरभित्र रहेका मूर्ति, बाजागाजा सहित सम्पूर्ण सामान नष्ट गरेका छन्।
ढोका फोडेर प्रवेश गरेका व्यक्तिहरुले ती सामानहरू पानीमा गाडेको अवस्थामा फेला परेको गढवा–६ का स्थानीय बिन्तीराम यादवले जानकारी दिएका छन्।
एक महिनाभित्रै सनातन धर्मावलम्बीहरूको आस्थामाथि यो दोस्रो प्रहार भएको हो। यसअघि सोही वडाको कन्दरा मन्दिरमा समेत तोडफोड र लुटपाट भएको थियो।
यही मन्दिरमा नवरात्र समयावधीभर भजन किर्तन हुने गरेको थियो तर नवरात्र सुरु हुनु अगावै मन्दिर तोडफोड लाई स्थानीयहरुले आस्था माथीको प्रहार भएको बताएका छन्।
कन्दरा मन्दिर तोडफोड र लुटपाटको उजुरी ईलाका प्रहरी कार्यालय गढवामा दिएपनि हाल सम्म प्रहरीको हात खाली छ। स्थानीयहरु पनि कतै सुराक पाउन नसकेको अवस्था छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




