एनआरएनए पोर्चुगलको प्रवक्तामा नबराज घर्ती नियुक्त

आलोक भावुक

लिस्बन(पोर्चुगल) – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) पोर्चुगलले नबराज घर्तीलाई संस्थाको प्रवक्ता (Spokesperson) मा सर्वसम्मत रूपमा नियुक्त गरेको छ।

आइतबार बसेको दोस्रो कार्यसमिति बैठकमा संघका अध्यक्ष बम बहादुर जि. सी. को सिफारिसलाई समर्थन गर्दै घर्तीलाई आधिकारिक प्रवक्ताको जिम्मेवारी दिइएको हो। यस निर्णयपछि घर्तीले संस्थाका गतिविधि, कार्यक्रम तथा नीतिगत विषयमा सञ्चार माध्यम र समुदायसँग आधिकारिक अभिव्यक्ति दिनुहुनेछ।

सर्वसम्मत निर्णयमार्फत प्रवक्ता चयन हुनु संगठनात्मक एकता र पारदर्शिताको दृष्टिले महत्वपूर्ण कदम भएको अध्यक्षसहित अन्य पदाधिकारीहरूले बताएका छन्। साथै, घर्तीलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

घर्ती हाल पोर्चुगलमा सक्रिय नेपाली समुदायका अभियन्ता हुनुहुन्छ र विगतमा नेपाली पत्रकारितामा समेत योगदान पुर्‍याइसक्नुभएको छ। उहाँले आफ्नो अनुभव र समुदायप्रतिको लगावलाई आधार बनाएर एनआरएनए पोर्चुगलमा प्रवक्ताको जिम्मेवारी निष्ठा र पारदर्शितासाथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID