दाङको गढवामा तिन करोडको लागतमा अवधी संग्रहालय निर्माण हुने

आलोक भावुक

तस्विर : AI

गढवा,९ भदौं। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ मा तिन करोडको लागतमा अवधी संग्रहालय निर्माण हुने भएको छ ।

शहरी बिकास मन्त्रालय तथा शहरी बिकास तथा भवन निर्माण बिभागबाट दाङ क्षेत्र नम्बर १ मा परेका योजनाहरु मध्ये गढवा गाउँपालिका वडा नम्बर ६ को लागि नेपाल अवधी संस्कृति प्रतिष्ठान भवन निर्माणको लागि ३ करोड रुपैयाँ बिनियोजन भैसकेको संघिय सांसद् तथा पूर्वमन्त्री मेटमणी चौधरीले जानकारी दिनु भएको छ।

संग्रहालय निर्माणको छलफलका लागि भदौ ७ गते बसेको नेपाल अवधी संस्कृतिक संरक्षण प्रतिष्ठान केन्द्रीय समिति तथा अवधी समाजका अगुवाहरुसंगको समन्वय छलफल वैठकमा अवधी संग्रहालय निर्माण, सहयोग संकलन, जग्गादाता, सहयोगीदातालाई सम्मान गर्ने लगायतका विभिन्न विषयको बारेमा विस्तृत रुपमा छलफल भएको प्रतिष्ठानका अध्यक्ष राम गोपाल यादवले जानकारी दिनुभयो।

नेपाल अवधी संस्कृति संरक्षण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष राम गोपाल यादवको अध्यक्षतामा भएको छलफलमा अवधी भाषी समाजका अगुवा, समाजसेवी, बुद्धीजीवी लगाएतको सहभागिता रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID