बुद्ध ज्योति माविमा प्रहरीद्वारा सचेतनामूलक कार्यक्रम सम्पन्न

दुर्गाप्रसाद खनाल

गढवा,५ श्रावण । इलाका प्रहरी कार्यालय गढवाको आयोजनामा आइतबार बुद्ध ज्योति माध्यमिक विद्यालय गढवामा लागूपदार्थ दुर्ब्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रहरीले विद्यार्थीहरूलाई लागूपदार्थको दुष्परिणाम, त्यसबाट हुने शारीरिक, मानसिक र सामाजिक असरका बारेमा गहन जानकारी दिएको थियो। साथै, बढ्दो लागूपदार्थको लत रोक्न अभिभावक, शिक्षक र समाज सबै मिलेर काम गर्नुपर्नेमा जोड दिइएको थियो।

प्रहरी प्रतिनिधिहरूले विद्यार्थीहरूलाई सकारात्मक सोच, आत्मअनुशासन र निरन्तर परिश्रमको माध्यमबाट उज्यालो भविष्य निर्माण गर्न प्रेरित गरेका थिए।

बुद्धज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक थानेश्वर न्यौपाने, शिक्षक-शिक्षिका र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमले व्यवहारिक शिक्षा र सामाजिक चेतना फैलाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

बुद्ध ज्योति माविको तर्फबाट कार्यक्रम सम्पन्न गरिदिएकोमा गढवा प्रहरीप्रति आभार व्यक्त गर्दै विद्यालय प्रशासनले यस प्रकारको सहकार्यले विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID