भालुवाङ बस दुर्घटना अपडेट, मृतक १२ मध्ये ८ जनाको सनाखत

गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २८ पौष। गएराती दाङको भालुवाङस्थित राप्ती पुलमा भएको बस दुर्घटना परि मृत्यु भएका मध्ये ८ जनाको सनाखत भएको छ । भने ४ जनाको सना खत हुन बाँकी छ ।

मृत्यु हुनेहरूमा बाँकेका ६० वर्षीया कुसुम बस्नेत, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरीका ६५ पर्षीय ताराकान्त पाण्डे, भारत उत्रर प्रदेशका ३१ वर्षीया मुने, जुम्लाका ४० वर्षीय मुन बहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रूकुमका २५ वर्षीय दीपक कामी र भारत विहारका ६७ वर्षीय जोगेन्द्र रामको सनाखत भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरिक्षक उज्वल सिंहले जानकारी दिए ।

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ३९१२ नं. को यात्रुवाहक बस गएराती साढे १० बजेको समयमा राप्ती नदीमा खस्दा १२ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परि २३ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको बुटवल, नेपालगञ्ज, भालुवाङमा उपचार भईरहेको छ । बसमा चालकसहित ३६ जना सवार थिए । बस चालक सल्यान निवासी २८ वर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID