मेरी मर्ज़ी:- नयाँ उदारवादी भारतकाे युवा अभिव्यक्ति

गीत चर्चा

प्रभाष

याे एक यस्ताे गीत हाे, जसले जुनसुकै समयमा पनि तपाईंकाे मुहारमा मुस्कान ल्याइदिन्छ। तपाई जतिसुकै टेन्सनमा किन नहुनुहाेस्, याे गीत सुन्नुभयाे भने तपाईंका टेन्सनहरु टाढा भाग्नेछन्, तपाईकाे मन प्रसन्न हुनेछ, अनि तपाई खुलेर हाँस्नुहुनेछ। याे गीतले जुनसुकै समयमा पनि तपाईंलाई हँसाउने सामर्थ्य राख्नेछ। तपाईंलाई टेन्सनहरुबाट क्षणिक समयकाे लागि भए पनि उन्मुक्ति दिनेछ।

‘मेरी मर्ज़ी’ गीतकाे एक दृष्यमा काेरसहरुसँग गाेविन्दा

विनय देवाले लेखेकाे यस गीतकाे लिरिक्स क्रेजी छ अनि गाेविन्दाकाे डान्स मुभ उस्तै क्रेजी छ। चिन्नी प्रकाशले यस गीतकाे काेरियाेग्राफी नै अत्यन्त क्रेजी स्टाइलमा गरेका छन्। अनि देवंग पटेलकाे गायनले यस गीतलाई झनै क्रेजी बनाएकाे छ। अनु मलिकले सँगीत भरेकाे यस गीतले मूलत: १९९० काे दशककाे भारतकाे युवाहरुकाे स्वच्छन्द भएर जीवन जिउने अभिलाषालाई वाणी दिन्छ।

‘मेरी मर्ज़ी’ गीतकाे एक दृष्यमा गाेविन्दा

१९९० काे दशककाे भारत, जाे १९७० काे दशककाे इन्दिरा गान्धीकाे सँकटकाल अनि १९८० काे दशककाे राजनीतिक गन्जागाेल तथा अस्थिरताबाट बल्लतल्ल तङ्गग्रिने काेशिश गर्दै थियाे। सत्तामा आएका थिए, पी.बी.नरसिंह राव जसले सत्तारुढ भएपछि उदारवादी नीतिहरुलाई फुल स्पीडका साथ लागु गर्‍याे। याे उदारवादले स्वच्छन्दताकाे नयाँ हावा ल्यायाे। बिन्दास लाइफकाे हावा त्यसबेलाका युवाहरुकाे दिमागमा पस्याे।

‘मेरी मर्ज़ी’ गीतकाे एक दृश्यमा गाेविन्दा

उदारवादले भर्खर-भर्खर पखेटा फिजाउँदै गरेकाे १९९० काे दशककाे नरसिंह राव र मनमाेहन सिहँकाे भारतमा आबाेहवा बदलिन्दै थियाे। युवाहरु आफुहरुलाई ‘नयाँ पुस्ता’ र आफुभन्दा अघिका पुस्तालाई ‘पुरानाे पुस्ता’ भनेर कित्ताकाट गर्न थालिसकेका थिए। उनीहरुमा कसैकाे पनि अर्ति-उपदेश नसुन्ने, कसैलाई पनि नटेर्ने, पुरानाे लकीरमा नहिँड्ने, बिन्दास भएर आफु खुशी आफ्नाे मर्जीले जीवन जिउने, अरुले के भन्छ, के साेच्छ भनेर बाल मतलब नगर्ने अर्थात् कसैलाई बाल नदिने, कसैलाई नगन्ने, ‘अरुले जेसुकै साेचाेस्/भनाेस्, मलाई बाल मतलब?’ वा ‘अरुले जेसुकै साेचुन्/भनुन्, मलाई बालै फरर’ भन्दै आफ्नै धुनमा हिँड्ने प्रवृत्तिकाे विकास हुँदै थियाे। बिन्दास र निस्फिक्री भएर जीवन जिउन चाहन्थे १९९० काे दशकका पुस्ता। अनि उनीहरु आफुलाई कसैले राेकटाेक गरेकाे, आफ्नाे जीवनमा अरु कसैले हस्तक्षेप गरेकाे मन पराउँदैनथे।

‘मेरी मर्ज़ी’ गीतकाे एक दृष्यमा गाेविन्दा

समाजमा उदाउँदै गरेकाे याे उदारवादी स्वच्छन्दतावादकाे प्रतिबिम्ब यस गीत देख्न सकिन्छ। १९९० काे दशकमा खासगरि नरसिंह राव र मनमाेहन सिहँकाे कार्यकालमा स्वच्छन्दताकाे, मनमाैजीपनाकाे हावा चल्याे र सिनेमामा गाेविन्दा त्यसकाे ‘पाेस्टर ब्वाय’ बने। युवाहरुकाे स्वच्छन्दताकाे भावनालाई देबंग पटेलले आफ्नाे र्‍याप गीत ‘मेरी मर्ज़ी’ मा अभिव्यक्ति दिए। यसप्रकार याे गीत जन्मियाे जुन गीतकाे लागि त्यसबेला बलिउडसँग गाेविन्दाबाहेक अर्काे सुहाउँदिलाे पात्र थिएन।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID