लुम्बिनी प्रदेश र संघ सरकारका भाैतिक मन्त्री बिच प्रदेशकाे भाैतिक याेजनाबारे छलफल

गणतन्त्र नेपाल संवाददाता

दाङ, ४ चैत। संघ सरकारको भौतिक योजना तथा यतायात मन्त्री नारायण काजी श्रेष्ठ र लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्री ईन्द्रजीत थारु बिच भेटघाट भएकाे छ ।

उक्त भेटघाटमा लुम्बिनी प्रदेशकाे समग्र भाैतिक विकासकाे अबस्था बारे छलफल भएकाे थियाे ।
मन्त्री थारुले लुम्बिनी प्रदेश भित्रका हुलाकी सडक अन्तर्गतका पुलहरु प्रथमिकतामा राख्नु पर्ने बिषयमा जाेड दिन आग्रह गर्नुभयो।

त्यस्तै हुलाकी सडक क्षेत्र भित्र पर्ने बनका रुखहरु पनि छिटो कटान गर्न आदेश दिनु पर्ने बताउनुभयो।

छलफलमा मन्त्री थारुले संघ सरकारले प्रदेश सरकारलाई हतान्तरण गरेका र सशर्त पठाएका सडकहरुकाे बजेट संशोधन गर्ने अधिकार पनि प्रदेश सरकारलाई दिन पर्ने बताउँदै संघ सरकारले पठाएका सशर्त सडक र पुलका योजनाहरुको बजेट अपुग भई दायित्व सृजना भएको रकमको तत्काल भुक्तानीकाे माग समेत गर्नुभयो ।

त्यस्तै संघ सरकारले प्रदेशको क्षेत्राधिकार भित्रका सडकमा बजेट बिनियोजन गर्दा प्रदेश सडक गुरु योजनामा रहेका सडकहरुमा बजेट बिनियोजन गर्नुपर्ने बताउँदै दाङको गुरुङखोला,सुपैला खोला र बौलाहा खोला लगायतका हुलाकी सडकका पुलहरु समेत टेण्डर प्रक्रियामा लौजान पनि अग्रह गर्नु भयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID