‘आरआरआर’ का बारेमा केही कुरा

विचार

अरविन्द शेष

टिप्पणी-१;

सुपर हिट ‘आरआरआर’ र सुपरहिट ‘बाहुबली’- दुवै ‘राजमौली’ काे नाममा छ।

‘आरआरआर’ एक किसिमले राम र हनुमानकाे कथालाई नै राम र भीमकाे रूपमा उतार्छ। ‘बाहुबली’ का बारेमा त सबै जान्दछन् कि त्याे कस्ताे र कसकाे कथा हाे?  https://velivada.com/2017/05/03/baahubali-casteist-movie-casteist-director-said-untouchables-parasite/

‘आरआरआर’ मा हिरो जति आदिवासी भीम हाे, त्यसभन्दा अधिक त फिल्म परशुरामकाे छविमा रामकाे हाे। ‘भीम’ काे काँधमा सवार ‘राम (+परशुराम)’ काे। वर्तमान परिप्रेक्ष्यमा ‘भीम’ र ‘राम’ काे राजनीतिक संदर्भ तपाईं बुझ्न सक्नुहुन्छ कि त्याे के हाे?

बुझ्नुपर्ने कुरा, अछूत भनिने जातिहरुका बारेमा राजमौलीकाे उच्च विचार याे थियाे की उनीहरु प्यारासाइट अर्थात् ‘परजीवी’ हुन्। उनकाे नामबाट सार्वजनिक एक पोस्ट चर्चित भएकाे थियाे।

अछुतलाई प्यारासाइट भनिएकाे राजामाैलीकाे चर्चित फेसबुक पाेष्ट

यस्ताेमा दलितहरुलाई प्यारासाइट मान्ने राजमौलीकाे ‘आरआरआर’ र ‘बाहुबली’ जस्ता फिल्महरु यदि सुपरहिट हुन्छन् भने त्यसमा केही ‘बात’ त पक्कै हाेला।

अनि नि, सिनेमाहलहरुलाई भरेर हिट बनाउने मानिसहरु काे हुन्?

टिप्पणी-२;

‘अछूत जातिहरु’ वा दलितहरुलाई परजीवी वा प्यारासाइट बताउने राजामौलीकाे फिल्म ‘आरआरआर’ काे एउटा गीतलाई गोल्डन ग्लोब पुरस्कार दिइएकाे छ।https://www.thenewsminute.com/article/rajamouli-s-post-caste-re-emerges-don-t-forget-baahubali-casteist-racist-too-61235

याे फिल्मकाे अन्तिम निचोड़ यही हाे कि ‘भीम’ काे ‘काँध’ मा बसेर ‘राम’ परशुरामकाे भेष र स्टाइलमा दुश्मनहरुलाई विध्वंस गर्छ। अनि, अति शक्तिशाली ‘भीम’ अन्त्यमा ‘हनुमान’ मुद्रामा…(देखिन्छ।)  https://roadtodivinity.wordpress.com/2022/03/29/list-of-ramayana-references-in-rrr-spoilers-alert/

ट्रेजेडी याे छ कि यस (बिषय) माथि अति समझदार र संवेदनशील मानिसहरु पनि खुशी भइरहेका छन्। यदि तपाईं पनि यसकाे स्वागत गर्नुहुन्छ भने अवश्य गर्नुहाेस्।

टिप्पणी-३;

‘नाटु-नाटु’ ले ओस्कर पुरस्कार पायाे। अब ओस्करमा मुग्ध तमाम मानिसहरु ‘नाटु-नाटु’ का लागि पटकपटक ‘आरआरआर’ हेर्नेछन्। धूर्तताकाे यस ‘नाटु-नाटु’ नाच मा ‘राम’ काे दया वा कृपाकाे बलमा ‘भीम’ काे जीत हुन्छ, ‘भीम’ काे मेरिटकाे बलमा हाेइन।

‘आरआरआर’, जसकाे जम्माजम्मी एजेण्डा नै यही हाे कि यसमा ‘भीम’ (आदिवासी-दलित) काे काँधमाथि सवार भएर ‘परशुराम’ भेषधारी ‘राम’ ले दुश्मनहरुका विरुद्ध एक्लै नै ‘धर्मयुद्ध’ जित्छ र अन्त्यमा ‘भीम’ आफ्नाे ‘राम’ र ‘सीता’ काे सामुन्ने भक्त मुद्रामा ‘हनुमान’ काे भूमिकामा देखिन्छ।

भीमकाे काँधमा राम, ‘आरआरआर’ काे एक दृष्य

अनि एउटा कुरा। ‘नाटु-नाटु’ त्यही राजामौलीकाे फिल्म ‘आरआरआर’ काे गीत-नृत्य हाे, जसले मनुस्मृति बमोजिम ‘पंचम्मा’ जाति अर्थात् ‘अछूतहरु’ लाई प्यारासाइट अर्थात् परजीवी बताएका थिए, कुनै प्रसादकाे कुरालाई ‘उन्नत विस्तार’ बताउँदै।

अछुतहरुलाई प्यारासाइट बताउने राजामाैलीकाे चर्चित पाेष्ट

याे सबबाट यसबाहेक अरु केही पनि साबित हुँदैन कि एजेण्डा पोलिटिक्स ( मुद्दा राजनीति) काे हतियार (रुपि) पुरस्कारहरुमाथि मुग्ध हुने हामी उन्नत डफर हाैं, गुलामीका लायक हाैं अनि हाम्राे गुलाम मानसकाे ढाँचालाई कति सजिलैसँग शोषित गरेर फेरि हामीलाई नै बेच्न सकिन्छ, त्याे ढाँचालाई अझ मजबूती प्रदान गर्नका लागि।

सत्ताधारी तप्काका रचनाहरु वा काम सामाजिक राजनीतिका सुक्ष्म हतियार हुन्छन्, यस्ता पुरस्कार यस्ता राजनीतिका हतियारका धार हुन्छन्।

– अरविन्द शेष

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID