गढवामा निःशुल्क स्थायी बन्ध्याकरण शिविर सम्पन्न

आलोक भावुक

गढवा, २० फागुन । गढवामा सन्तानको रहर पुगेका दम्पतीहरुको लागि स्थायी बन्ध्याकरण महिलाहरुका लागि मिनिल्याप र पुरुषहरुको लागि भ्यासेक्टोमी निशुल्क शिविर आइतबार गढवामा सम्पन्न भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा सुनौलो परिवार नेपाल/मेरिस्टोप्स इन्टरनेशनलको समन्वय तथा सहकार्यामा एक दिने निःशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन भएको थियो।

गढवा गाउँपालिका वडा नम्बर ६ गढवा स्थित गढवा स्वास्थ्य चौकीमा सञ्चालन भएको निःशुल्क स्थायी बन्ध्याकरण शिविरमा सन्तानको रहर पुगेका ६ जना महिलाहरुले मिनिल्याप सेवा लिएको परिवार नियोजन फोकल पर्शन(पहेन) रिता न्यौपानेले जानकारी दिनु भयो।

संख्यात्मक रुपमा कम जस्तो देखिएपनि परिवार नियोजनका अन्य उपाय र स्थायी बन्ध्याकरण गर्नेको संख्या सन्तोषजनक नै रहेको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनुभयो।

मा प्रकाशित