गढवामा चारदिने लेखा व्यवस्थापन तालिम सुरु 

आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा आइतबार देखी ४ दिने लेखा व्यवस्थापन तालिम गढवामा सुरु भएको छ।

गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले ४ दिने लेखा व्यवस्थापन तालिमको बारेमा प्रकाश पार्नु भएको थियो।

लेखा व्यवस्थापन तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बिना ज्ञान सहकारी सञ्चालन गर्न नसकिने बताउनुभयो ।सहकारी सञ्चालनका लागि सहकारी सम्बन्धी ज्ञान आवश्यक रहेको बताउदै उपाध्यक्ष चौधरीले जसरी हतियार बिना ढुङगा फोड्न सकिदैन त्यसरी नै सहकारी ज्ञान बिना सहकारी भित्रको समस्याहरु फोड्न नसकिने बताउनुभयो ।सहकारी सञ्चालनको लागि सहकारी सम्बन्धी ज्ञान ठुलो हतियार भएको बताउदै चौधरीले सहकारी बिज्ञ सहितको लेखा व्यवस्थापन तालिम तालिम मात्र नभएर सहकारी सञ्चालकहरुको लागि ठुलो हतियार जस्तै भएको बताउनुभयो।

गढवामा क्रियाशील रहेका सहकारीहरुहरुको लेखा सुपरिवेक्षक समितिको संयोजक तथा सदस्य लाई तालिम दिन थालिएको सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले जानकारी दिनुभयो। लेखा व्यवस्थापन तालिम सुरु गर्नुको प्रमुख कारण सहकारी नियमन गर्ने भएको यादवले बताउनुभयो। सहकारी नियमन हुन नसके सम्म सहकारीहरुमा आईपर्ने जटिल्ताहरु बाट छुटकारा नमिल्ने बताउनुभयो ।

चारदिने लेखा व्यवस्थापन तालिममा सहकारी संस्था सञ्चालन गर्दा आईपर्ने कठिनाईहरुलाई समाधान गर्ने गरी तालिम सञ्चालन हुने बताईएको छ ।

चारदिने लेखा व्यवस्थापन तालिमको प्रशिक्षकमा सहकारी प्रशिक्षक दिलिप कुमार वली रहनु भएको छ। तालिममा २३ वटा सहकारीका लेखा सुपरिवेक्षक समितिको संयोजक तथा सदस्यहरुको सहभागिता रहेको छ।

कार्यक्रममा योजना शाखाकी बसन्ती चौधरी, रोजगार शाखाका प्राविधिक नदिम मनिहार लगाएतको सहभागिता रहेको थियो। तालिमको उद्घाटन कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका रोजगार सहायक सत्यपाल यादव गर्नु भएको थियो ।

मा प्रकाशित