यादव समाज सेवा संघ केन्द्रीय समितिको ८औं महाधिवेशन सम्पन्न 

आलोक भावुक

गढवा, २७ चैत्र। यादव समाज सेवा संघ केन्द्रीय समितिको ८औ महाधिवेशन गढवामा सम्पन्न भएको छ ।

संघका केन्द्रीय अध्यक्ष हिरालाल यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मन्त्री भण्डारी लाल अहिरको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

यादव समाज सेवा संघको केन्द्रीय महाधिवेशनमा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका मन्त्री भण्डारी लाल अहिरले यादव समाज सेवा संघ राजनीति गर्न नहुने बताउनु भयो । यादव शब्दको अर्थ यातनाबाट मुक्तिदिने भएको बताउदै मन्त्री अहिरले यादवहरु समाजमा सबैलाई समान हिसावले व्यवहार गरी सबैको दुख सुखमा सामेल हुनु पर्ने बताउनुभयो। यादवको अर्थ ‘या’ को मतलव यातनाबाट मुक्तिदिने ‘द’ को मतलव दुष्टलाई दण्ड दिने र ‘व’ को मतलव वक्तमा काम आउने मान्छे अर्थात यादव शब्दको अर्थ बुझ्न सबैलाई अनुरोध समेत गर्नु भयो। यादवहरु भगवान कृष्णको खानदान भएको बताउदै दुख यातना पाडामा परेकालाई मुक्तीदिने सहयोग गर्ने मादवहरु आपसमा संगठित नहुने दुखद बिषय भएको बताउनुभयो। यादव समाज चेतना स्तर बाट टाढा रहेको बताउदै मन्त्री अहिरले आपसी भाईचार सदभाव मित्रवत व्यवहार बचाई राख्न आवश्यक रहेको बताउनु भयो।. बन्दसत्र बाट सबैको साथ सहयोग र समर्थनबाट एक जुझारु टाम केन्द्रीय समिति गठन गर्न सुझाव समेत दिनु भयो।

त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट आतिथ्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले यादव समाज सेवा संघ यादवहरुको ‘महतो’ प्रथा लाई बचाउन लाग्नु पर्ने बताउनुभयो । लोपोन्मुख रहेका धर्म संस्कृति रितिरिवाज परम्परालाई जोगाउन गढवा गाउँपालिका र आफु सधै सहयोग गर्ने बताउनु भयो। यादव समुदायको छुट्टै परम्परा रितिरिवाज रहेको कुरा आफु अनविज्ञ नरहेको बताउदै अध्यक्ष पोख्रेलले गडिया पर्वबाट आफु अत्यन्त हर्षित भएको बताउनुभयो। सबै समुदाय जस्तै यादव समाज सेवा संघ पनि आफ्नो रितिरिवाज परम्परा लाई जोगाउन संस्थागत रुपमा अघि बढ्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा दयाराम यादव, चिन्ताराम यादव, बिन्तीराम यादव, सहजराम यादव, लगायतकाले ८औ महाधिवेशनको सफल्ताको शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले यादव समाज दलगत राजनीति भन्दा माथी उठेर यादव समाज रितिरिवाज धर्म संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नु पर्ने बताएका थिए । यादव समाजको नेतृत्व युवा पुस्तामा सुम्पि अग्रज ब्यक्तित्वहरु साथ सहयोग र सल्लाह दिई यादव समाज सेवा संग एक एक असल संस्थाको रुपमा अघि बढाउनु पर्ने बताएका थिए ।

महाधिवेशनमा यादव समाज सेवा संघ केन्द्रीय समितिका पूर्व कार्यसमिति,राजनीतिक दल, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतकाको सहभागिता रहेको थियो।

 

मा प्रकाशित