एमाले अध्यक्ष ओली दाङ आउँदै

सविन प्रियासन

घोराही, १९ वैशाख । नेकपा एमाले दाङको १४ औ जिल्ला अधिवशन उद्घाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली दाङ आउनुहुने भएको छ ।

एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता तथा एमाले पोलिट्व्यूरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्य एवं केन्द्रीय सदस्य तथा दाङ इञ्चार्ज चेतनारायण आचार्यको आतिथ्यमा बुधवार घोराहीमा बसेको जिल्ला कमिटी बैठकले दंगाली कम्युनिष्ट आन्दोलनका योद्धा शहिद नेत्रलाल अभागीको स्मृति दिवस पारेर आउदो जेठ ६ गते जिल्ला अधिवेशन गर्ने निर्णय भएको र अधिवेशन उद्घाटन गर्न पार्टी अध्यक्ष ओली दाङ आउनुहुने भएको हो ।

सो अवसरमा एमाले महासचिव शंकर पोख्रेललगायतका शिर्ष नेता दाङ आउनुहुने भएको छ । बैठकले दाङका सयवटै वडाहरुमा वैशाख २८ गते प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । प्रतिनिधि छनोट गर्दा २० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छानिने र यसरी छानिएका प्रतिनिधि मध्ये ३ जनामा १ जना महिला अनिबार्य हुनुपर्ने ब्यबस्था रहेको प्रचार विभाग उपप्रमुख संगीत बस्यालले जानकारी दिनुभयो ।

वैठकले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु समेत वडाबाटै चुनियर आउनुपर्ने, जनवर्गिय संगठनबाट आउने प्रतिनिधिहरु सम्बन्धित संगठनको जिल्ला कमिटीको बैठकबाट छनोट भएर आउनुपर्ने निर्णय वैठकले गरेको छ । सो अबसरमा नेकपा एमाले घोराही कमिटीले प्रकाशन गरेको भित्ते पात्रो विमोचन समेत गरिएको छ ।

जिल्ला उपाध्यक्ष राममणी पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको वैठकको सहजीकरण सचिव मनोहर बुढाथोकीले गर्नुभएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID