श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम गढवाको मलमलामा सम्पन्न

आलोक भावुक

गढवा, २० फागुन।श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम आइतबार गढवा- १ मलमलामा सम्पन्न भएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्र गढवा गाउँपालिकाको आयोजनामा आइतबार श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम तथा सन्चार क्रियाकलाप गढवा गाउपालिका वडा नम्बर १ को कार्यालय मलमलामा सम्पन्न भएको हो।

गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता भएको श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम तथा सन्चार क्रियाकलाप कार्यक्रममा वडा नम्बर १ का ३३ जना स्थानीयहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीले नेपालमा श्रम संस्कृतिका आफ्नै मौलिक विशेषताहरु रहेको बताउदै श्रम र श्रमिकको सम्मान गर्ने संस्कार हाम्रो श्रम संस्कृतिमा अपेक्षित रुपमा स्थापित हुननसकेको बताउनुभयो ।श्रमको सम्मान हुने वातावरणको सृजना गर्न स्थानीय सरकारले नीतिगत, संस्थागत एवं कार्यक्रमगत रुपमा थुप्रै प्रयासहरु गर्दै आएको र रोजगारीको थुप्रै अवसरहरु रहेकोले सुचिकृत हुनको लागि प्रक्रियागत रूपमा अघि बढ्न उपस्थित सबैमा अनुरोध गर्नु भयो।

कार्यक्रमको सहजिकरण रोजगार सेवा केन्द्रका सत्यपाल यादवले गर्नु भएको थियो ।

मा प्रकाशित