राजपुरकोे दुर्घटना अपडेट, मोटरसाइकल सवार दुवै जनाको मृत्यु 

आलोक भावुक

गढवा, १० चैत्र । राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहरामा सनिवार भएको गाडी दुर्घटना परेका दुवै जनाको मृत्यु भएको छ। एक जनाको घटनास्थलमै र एक जनालाई लमलीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।

बस र मोटरसाइकल एक आपसमा ठोक्किदा गाडी दुर्घटना भएको स्थानीयहरुले बताएका छन्। दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका थिए । घाईतेलाई लमहीमा उपचार पछी थप उपचारका लागि नेपालगन्ज तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

पूर्व देखि पश्चिम जाँदै गरेको रा १ ख २३६० नम्बरकाे रोयल याताात सेवाकाे बसले राजपुर-५, नौंसहरामा पश्चिम देखि पूर्व आइरहेको रा ७ प २०७ नम्बरको मोटरसाइकललाई आज शनिबार बेलुका करिब ७ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा परी मोटरसाइकल सवार एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजनाको उपचारको क्रममा मृत्यु भएको छ। बस चालक लमही ८ का सुदन चौधरी हाल फरार रहेको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ५ नौंसहरा निवासी अन्दाजी २३ वर्षीय प्रमोद यादव र सोही ठाउँ बस्ने अन्दाजी २४ वर्षीय प्रदिप यादव रहेको बताईएको छ। दुर्घटना पछी स्थानीयहरुले बसमा तोडफोड समेत गरेका छन्

मा प्रकाशित