गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको बैठक सम्पन्न

आलोक भावुक

गढवा, १५ चैत्र ।गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको बैठक गढवामा सम्पन्न भएको छ ।

सहकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवको प्रमुख आतिथ्यमा सञ्जालको बैठक सम्पन्न भएको हो।

सम्पन्न बैठकले ६७औ राष्ट्रिय सहकारी दिवश मनाउनका लागि बिभिन्न निर्णयहरु गरेको सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनुभयो।

सञ्जालको आयोजना तथा गढवा गाउँपालिकाको सहकार्यमा चैत्र २० गते ६७औ राष्ट्रिय सहकारी दिवश मनाउने निर्णय गरेको छ। साथै सम्पन्न बैठकले चैत्र १७ गते सञ्चालक समिति सहित कर्मचारीहरुको हाजिरी जवाफ प्रतियोगिता गर्ने, भेषभुसाको र पोसाक सहितको र्‍याली मुल्यांकन, महिला र पुरुष दुबैका लागि घैटाफाेड र कुर्सी दौड प्रतियोगिता, “सहकारीमा सुशासन, प्रविधि र एकिकरण” विषयक वक्तृत्वकला प्रतियोगिता साथै कार्य सम्पादनको आधारमा तिनवटा उत्कृष्ट सहकारी संस्था लाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

साथै सम्पन्न बैठकले चैत २० गते सहकारी दिवश मनाउनका लागि आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ओम प्रकाश बसेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन समेत गरेको छ। जस्को सदस्यहरुमा दामोदर ढुङगाना, कमल कुमारी कुमाल, श्रृजना घिमिरे (रजौरे), सिता थापा, अशोक केसी, रिना चौधरी रहनु भएको छ ।

मा प्रकाशित