राप्ती प्राविधिक शिक्षालय गढवाको १३औं वार्षिक उत्सव समारोह सम्पन्न 

आलोक भावुक

गढवा, ३ बैशाख । राप्ती प्राविधिक शिक्षालयको गोबरडिहाको १३औं वार्षिक उत्सव समारोह सोमबार बिद्यानगर गोबरडिहामा सम्पन्न भएको छ ।

राप्ती प्राविधिक शिक्षालयका प्रमुख शालिकराम डांगीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारीको विशिष्ट आतिथ्यमा १३औं वार्षिक उत्सव समारोह सम्पन्न भएको छ।

१३औं वार्षिक उत्सव समारोहमा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले राप्ती प्राविधिक शिक्षालय राप्ती गाउँपालिका बाट गढवा गाउँपालिका महिला स्थानातारण पश्चात विद्यार्थी अभिभावकहरुको आकर्षणको रुपमा स्थापित भएको देख्दा आफु अतिनै खुसी भएको बताउनुभयो । लुम्बिनी प्रदेशको राजधानी व्यवस्थापन गर्दा राप्ती प्राविधिक शिक्षालयलाई स्थानातारण गरेर गढवा-३ गोबरडियामा ल्याउदा त्यस समयमा सम्पूर्ण निकाएबाट भएको मिहेनत साथ सहयोग आफुले कहिल्यै भुल्न नसकिने बताउनुभयो । प्राविधिक शिक्षालय स्थानातारण गर्ने कठिन र चुनौतीपुर्ण समयमा आफु सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको अवस्थामा गढवा गाउँपालिका, ३ नम्बर वडा कार्यालय लगाएतको ठाउबाट पुरा साथ सहयोग पाएर सरस्वती माध्यमिक बिद्यालय लाई सारेर यस ठाउँमा राप्ती प्राविधिक शिक्षालय सञ्चालन गरेको बताउदै त्यस समयमा शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुले कठिन समयमा पनि ठुलो निर्णय लाई स्वीकार गर्दै साथ सहयोग गरेकोले प्रविधिक शिक्षालयका सम्पुर्ण कर्मचारीसमूह त्यसैगरी विद्यार्थीहरुलाई विशेष धन्यवादको पात्र भएको बताउनुभयो।

राप्ती प्राविधिक शिक्षालयलाई यहाँ बाट सञ्चालन गर्ने र सरस्वती मावि लाई अन्य ठाउँमा सार्ने निर्णय गर्दा लामो इतिहास बोकेको सरस्वती माध्यमिक बिद्यालय लाई अस्तित्व मेटिने काम गर्न लागेको भन्दै आफ्नो आलोचना समेत भएको स्मरण गर्दै गाउँपालिका अध्यक्ष पोख्रेलले आजको दिनमा राप्ती प्राविधिक शिक्षालय गढवाबाट सञ्चालन हुनु सबैभन्दा ठुलो उपलब्धि भएको बताउनुभयो । तत्कालीन समयमा शिक्षालय गोबरडिहाबाट सञ्चालन गर्दा विद्यार्थी भाईबहिनिहरुले गरेको सहयोग आफु अझै पनि याद गरिररेको बताउदै अध्यक्ष पोख्रेलले शिक्षालय स्थानातारणको समयमा बस्ने कोठा, खानेपानी, यातायात लगाएतका थुप्रै समस्याहरुको बाबजुदपनि सहजरुपमा पठनपाठन सुरु भएको छ सबै विद्यार्थीहरु धन्यवादको पात्र रहेको बताउनुभयो ।

१३औं वार्षिक उत्सव समारोह कार्यक्रममा पुरस्कार वितरण तथा विद्यार्थीहरुबाट साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा गढवा गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष तुल्सिराम अधिकारी, सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियाका विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष चित्र बहादुर रावत, सरस्वती माविका प्रधानाध्यापक सुर्य प्रकाश वर्मा लगायतकाको सहभागिता रहेको थियो।

नारायण चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सहजिकरण माधव प्रसाद बेलबासे गर्नु भएको थियो ।

मा प्रकाशित