राजपुरको मटेरियामा मोटरसाइकल दुर्घटना, २ जना घाईते

आलोक भावुक

गढवा, २० चैत्र । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा मंगलवार बिहान मोटरसाइकल दुर्घटना भएको छ।

मोटरसाइकल दुर्घटनामा परी दुई जना घाइते भएका छन्।। मंगलवार विहान करिव ७:५५बजेको समयमा मोटरसाइकल दुर्घटनामा भएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।

राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया स्थित हुलाकी सडक खण्डमा गढवा देखि बेला तर्फ आउदै गरेको रा३प९१८८ नम्वरको मोटरसाइकल र खरदरियादेखि मटेरिया जादै गरेको रा७प २५७८ नम्वरको मोटरसाइकल एकआपसमा ठक्करखाई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो ।

घाइतेहरु हरुमा गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरका अन्दाजी २३ वर्षीय बिजय यादव रहेका भने अर्का राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया बस्ने अन्दाजी २४ वर्षीय श्रवण यादव रहेको प्रहरी निरीक्षक वलीले जानकारी दिनु भयो।

घाइते श्रवण कुमार यादव पेसाले पत्रकार तथा शिक्षक हुन भने विजय यादव गढवा उद्योग बाणिज्य संघका कार्यालय सचिव हुन्।

घाईते दुवैको लमही अस्पतालमा उपचार पछी थप उपचारका लागि घोराही रिफर गरिएको छ ।

मा प्रकाशित