
दाङ, ३ बैशाख। देउखुरीको कोइलाबासदेखि लागू औषध ६ किलो बढी चरेस सहित एक जना महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुमरगाउँ निवासी ४१ वर्षिया सुकमाया बुढा रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिनुभयो।
ईलाका प्रहरी कार्यालय कोइलाबासका प्रहरी नायब निरीक्षक कुमार केसीको कमान्डमा खटिएको प्रहरी टोलीले ६ किलो ८ सय २० ग्राम लागू औषध चरेस सहित बुढालाई पक्राउ गरिएको प्रहरी निरीक्षक वलीले जानकारी दिनुभयो।
त्यस्तै बुढाले उक्त चरेस आफ्नो कम्मरमा बाँधेर गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबासदेखि भारत तर्फ लैजादै गरेको अवस्थामा पक्राउ गरिएको बुढालाई अहिले ईलाका प्रहरी कार्यालय गढवाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक वलीले जानकारी दिनु भयो ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





